Technology Khabar ५ श्रावण २०८१, शनिबार
काठमाडौं ।
थाइल्याण्डका प्रधानमन्त्रीले गएको सोमबार योग्य व्यवसाय र व्यक्तिहरूले डिजिटल नगद ह्यान्डआउटका लागि अगस्टदेखि दर्ता गर्न सक्ने बताएका छन्। सो विवादास्पद कार्यक्रम जसले अरबौं डलर खर्च गर्नेछ र यसको उद्देश्य सुस्त रहेको अर्थव्यवस्थालाई बढावा दिनको लागि भएको एपीन्यूज डटकमले रिपोर्ट गरेको छ।
सरकारले अप्रिलमा व्यापकरूपमा आलोचना गरिएको महत्वाकांक्षी योजना डिजिटल वालेट नामको घोषणा गरेको थियो, जसको मतलब स्थानीय व्यवसायहरूमा खर्च गर्न डिजिटल पैसामा ५० मिलियन नागरिकहरूलाई १० हजार भाट (लगभग २७५ डलर) दिने थियो।
प्रधानमन्त्री श्रेथा थाविसिनले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै अगस्ट १ तारिखदेखि दर्ता सुरु हुने र कार्यक्रमलाई सहजरुपमा कार्यान्वयन गर्न निर्देशन दिएको बताएका छन्।
“डिजिटल वालेट” गत वर्षको आम चुनाव अघि सत्तारुढ श्रेथाको फेउ थाई पार्टीको प्रमुख अभियान वाचा थियो। सरकार भन्छ कि यो योजनाले “आर्थिक आँधीबेहरी” निम्त्याउनेछ, र श्रेथाले प्रोत्साहन र त्यसपछिको उपभोगले १.२ देखि १.६ प्रतिशत बिन्दुले सकल घरेलु उत्पादन वृद्धिलाई बढावा दिने अपेक्षा गरेको छ।
यद्यपि, अर्थशास्त्रीहरूले कार्यक्रमको आलोचना गरेका छन् र यसलाई अन्य उपायहरूको तुलनामा दिगो आर्थिक वृद्धिमा योगदान दिने अप्रभावी तरिका भनेका छन्।
प्रकाशित: ५ श्रावण २०८१, शनिबार