नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

Technology Khabar २९ असार २०८१, शनिबार

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौं ।

‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ। विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्ने गर्दछ।

बिहीबार एक कार्यक्रमका विच कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले खेलकुद सप्ताहको उद्घाटन गर्दै पढाईसँगै विद्यार्थीको कला र प्रतिभालाई उजागर कर्न कलेज सदैव सकारात्मक रहेको बताए ।

खेलकुद सप्ताहमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत करिब दुई हजार विद्यार्थी संलग्न रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिष झाले जानकारी दिए। खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवल लगायतका दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ। प्रतियोगिताको फाइनल सकिँदै जाँदा विजयी विद्यार्थीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ। प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको जनाएको छ।

Sajilo Visa

प्रकाशित: २९ असार २०८१, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार