नथिङको बजेट मैत्री सब ब्राण्ड सीएमएफको पहिलो स्मार्टफोन ‘सीएमएफ फोन १’ सार्वजनिक

Technology Khabar २७ असार २०८१, बिहीबार

नथिङको बजेट मैत्री सब ब्राण्ड सीएमएफको पहिलो स्मार्टफोन ‘सीएमएफ फोन १’ सार्वजनिक

काठमाडौं ।

सीएमएफ फोन १ लाई सोमबार नथिङ उप–ब्रान्डको पहिलो स्मार्टफोनको रूपमा घोषणा गरिएको छ। लन्च हुनु अघि, डिभाइसको मुख्य विवरणहरू पहिले नै देखा परेका थिए। यो एक बजेट अफरिङ हुनुका साथै यसले प्रभावशाली स्पेसिफिकेसन्स र फिचर्सहरू प्याक गर्दछ।

डिभाइसको यूएसपी भनेको यसको कस्टमाइजेबल ब्याक प्यानल भएको जनाइएको छ।

सीएमएफ फोन १ को स्पेसिफिकेसन्स र फिचर्स

सीएमएफ फोन १ फिङ्गरप्रिन्ट स्क्यानरका साथै इन्टिग्रेटेड ६.६७ इन्च एसएएमओएलईडी डिस्प्लेसँग आउने जनाइएको छ। साथै यस नयाँ फोनले एफएचडी प्लस रिजोलुसन, १२० हर्ज रिफ्रेस रेट, २,००० निट्स पीक ब्राइटनेस र एचडीआर१० प्लस समर्थन गर्दछ।

डिभाइसको आकर्षण भनेको यसको डिजाइन रहेको छ। सीएमएफ फोन १ ले सिल्भर (चाँदी) रङ्गमा टप लेफ्ट कर्नर (माथिल्लो बायाँ कुना) मा पिल आकारको रियर क्यामरा मोड्युल समावेश गर्दछ। पावर र भोल्युम रकर बटनहरू क्रमशः दायाँ र बायाँ छेउमा अवस्थित छन्।

स्मार्टफोनको पछाडिको प्यानलको सबै चारवटै छेउमा चारवटा स्क्रूहरू छन्। प्रयोगकर्ताहरूले बन्डल्ड स्क्रूड्राइभरको मद्दतले, यसको लाइट ग्रिन (हरियो), ब्लू (निलो) र अरेन्ज (सुन्तला) रङ्गहरूमा आउने ब्याक कभर परिवर्तन गर्न सक्ने छन्।

साथै ब्लू (निलो) र अरेन्ज (सुन्तला) रङ्गहरूमा लेदर टेक्सचर फिनिसमा उपलब्ध हुनेछ। यसबाहेक पछाडिको प्यानलको तल दायाँ कुनामा सीएमएफको सिग्नेचर सर्कुलर डायल पनि रहेको छ। यसलाई फोन स्ट्यान्ड, डोरी वा कार्ड केस जस्ता एक्सेसरिजहरू थप्नका लागि स्क्रूहरूलाई खोल्न सकिने छ।

सीएमएफ फोन १ मा मिडियाटेक डाइमेन्सिटी ७३०० प्रोसेसर समावेश गरिएको छ। यो भर्चुअल र्यामका साथ ६ जीबी र ८ जीबी र्याम विकल्पहरूमा उपलब्ध भएको छ। साथै दुबै भेरियन्टले १२८ जीबी स्टोरेज (भण्डारण) पनि प्याक गर्दछ।

त्यसैगरी स्मार्टफोनमा ५,००० एमएएच ब्याट्री समावेश गरिएको र ३३ वाट फास्ट चार्जिङ समर्थन गर्ने जनाइएको छ। सफ्टवेयरतर्फ, यो नथिङ ओएस २.६ को साथ एन्ड्रोइड १४ सँग ढुवानी हुनेछ।

अप्टिक्स फ्रन्टमा, सीएमएफ फोन १ मा एफ/१.८ एपर्चर र सेकेन्डरी पोर्ट्रेट लेन्सको साथ ५० मेगापिक्सेलको मुख्य सेन्सर रहेको छ। साथै डिभाइसमा १६ मेगापिक्सेलको सेल्फी स्न्यापर पनि समावेश गरिएको छ। यो डिभाइसले ३० एफपीएसमा फोरके भिडियोहरू रेकर्ड गर्न सक्षम रहेको छ। कम बत्ती भएको वातावरणमा परिष्कृत फोटोग्राफीको लागि भनेर गुगलसँग मिलेर विकास गरिएको अल्ट्रा एक्सडीआर पनि रहेको जनाइएको छ।

सीएमएफ फोन १ को ६ जीबी र ८ जीबी र्याम भेरियन्टको मूल्य  अमेरिकी बजारका लागि बीटा कार्यक्रममार्फत १९९ अमेरिकी डलरको प्रारम्भिक मूल्य छ भने बेलायत र युरोपमा यसको मूल्य क्रमशः २०९ पाउन्ड स्टर्लिंग र २३९ यूरोबाट सुरु हुने जनाइएको छ।

कस्टमाइजेबल केसको मूल्य विश्वव्यापी बजारहरूका लागि ३५ अमेरिकी डलर हुनेछ भने बाँकी एक्सेसरिजहरूको मूल्य २५ डलर रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २७ असार २०८१, बिहीबार