गोल्डेन ड्रयागनको विद्युतीय भ्यानहरु नेपाली बजारमा उपलब्ध

Technology Khabar २६ असार २०८१, बुधबार

गोल्डेन ड्रयागनको विद्युतीय भ्यानहरु नेपाली बजारमा उपलब्ध

काठमाडौं ।

अर्क्स ग्रुप प्रा. लि.ले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर कम्पनी गोल्डेन ड्रयागन (Golden Dragon) को १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ।

अर्क्स ग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान मात्र ५७ लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ।

कम्पनीकाअनुसार, गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुनेछ। एक पटकको फुल चार्जमा ३०० किलोमिटर (NEDC) गुड्ने यो भ्यानमा ८० किलोवाट पावरको मोटर जडान गरिएको छ।

हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको गोल्डेन ड्रयागनका भ्यानहरू नेपालका लागि आधिकारीक बिक्रेता आर्क्स ग्रुपले उच्च गुणस्तर र भरपदो सेवाको प्रतिबद्धतासहित यी भ्यानहरू उपलब्ध गराउने जनाएको छ।

त्यस्तै, अर्क्स ग्रुपि गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने प्रक्रिया शुरु गरेको जानकारी दिएको छ।

गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस केहि महिना भित्र नेपाल आइपुग्ने अर्क्स ग्रुपले जनाएको छ।

Sajilo Visa

प्रकाशित: २६ असार २०८१, बुधबार