कामको दबाब सहन नसकेर दिक्क भएर दक्षिण कोरियाली रोबोटले गर्यो आत्महत्या

Technology Khabar २६ असार २०८१, बुधबार

कामको दबाब सहन नसकेर दिक्क भएर दक्षिण कोरियाली रोबोटले गर्यो आत्महत्या

काठमाडौं ।

कामको दबाबलाई सम्हाल्न नसक्दा मानिसहरु त्रसित भएर गलत कदम चाल्ने गरेको देखिएको र सुनिएकै हो। विश्वभर यस्ता धेरै घटना बाहिर आएका छन्।

तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि कामको अत्याधिक दबाबका कारण रोबोटले आत्महत्या गर्ला ? हो, यो अलि स्तब्ध लाग्ने किसिमको छ, तर यो सत्य हो।

वास्तवमा, दक्षिण कोरियाबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई स्तब्ध बनाएको छ। रोबोटले कसरी आत्महत्या गर्न सक्छ भनेर कसैले बुझ्न सक्दैन। यो सम्पूर्ण घटना दक्षिण कोरियाको गुमी सिटी काउन्सिलमा भएको हो।

पूरा मामिला

दक्षिण कोरियाको गुमी सिटी काउन्सिलले नियुक्त गरेको एक प्रशासनिक अधिकारी रोबोटले कथित रूपमा आफैंलाई सिँढीको माथिबाट तल फ्याँकेपछि जवाफ नदिने (रेस्पोन्स नगर्ने) अवस्थामा फेला परेको हो।

यसले स्थानीय समुदायलाई शोकमा पारेको छ र यसलाई देशको पहिलो रोबोट आत्महत्या प्रकरण भनिएको छ।

जानकारीका अनुसार सिटी काउन्सिल बिल्डिङमा काम गरिरहेको यो रोबोटलाई मानिसहरुले सोही भवनको पहिलो र दोस्रो तल्लाको बीचको सिँढीमुनि छरपस्टरुपमा फेला पारेका थिए। त्यहाँ उपस्थित मानिसहरुका अनुसार उनीहरुले रोबोट खसेको केही समय अगाडि त्यसको असामान्य व्यवहार देखेका थिए।

त्यसयता मानिसहरुले रोबोटको यस्तो अवस्थाको कारणलाई लिएर प्रश्न उठाउन थालेका छन्।

सिटी काउन्सिलले गत महिना दुई मिटर (साढ छ फिट) सिँढीबाट तल खसेपछि रोबोट अनुत्तरदायी फेला परेको घोषणा गरेको छ।

केही प्रत्यक्षदर्शीहरूले रोबोट अफिसरलाई दुर्घटना हुनु अघि “एउटा ठाउँमा मात्र केही भएको जस्तो गरी घुमिरहेको” देखेको दाबी गरेका थिए। यद्यपि, खसेको सही कारण अहिले अधिकारीहरूले खोजिरहेका छन्, एएफपीले नगर परिषद्का एक अधिकारीलाई उद्धृत गर्दै भनेको सीएनबीसीटिभी१८ ले रिपोर्ट गरेको छ।

नगर परिषद्को निर्णय

सो रोबोटको आत्महत्यापछि गुमी सहरका जनता निकै चिन्तित भएको बताईएको छ। यसैलाई मध्यनजर गर्दै गुमी नगर परिषदले रोबोटबाट काम गर्ने योजना बन्द गर्ने निर्णय गरेको छ।

निर्माण कम्पनीले रोबोटका टुक्राहरू संकलन गरेको र थप विश्लेषण गरिने अधिकारीले बताए। संस्थामा, रोबोटलाई “दैनिक कागजात डेलिभरी, शहर प्रवर्द्धन, र बासिन्दाहरूलाई जानकारी पुर्याउने” जिम्मेवारी दिइएको थियो।

प्रशासकीय अधिकृत रोबोट गत वर्षको अगस्टमा नियुक्त गरिएको थियो। यो देशको गुमी सहरमा पहिलो पटक यसरी प्रयोग हुने गरेको बताइएको छ।

यो रोबोट क्यालिफोर्नियाको रोबोट-वेटर स्टार्टअप कम्पनी बियर रोबोटिक्सले बनाएको हो।

गुमी सिटी काउन्सिलमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्ने र बिचमा कुनै आराम गर्न नदिईने रोबोटलाई निजामती सेवा अधिकृत कार्ड उपलब्ध गराईएको थियो।

अन्य रोबोटहरू सामान्यतया एउटा विशेष भुइँमा रहँदा, गुमी सिटी काउन्सिलले राखेको सो रोबोट एउटा लिफ्ट बोलाउन र आफैं अन्य तल्लाहरूमा जान पर्याप्त सक्षम थियो।

दक्षिण कोरिया विश्वका ती देशहरु मध्ये एक हो जहाँ कम्पनी र कारखानामा निकै तीव्र गतिमा रोबोटको प्रयोग भइरहेको छ। यो घटनाले भविष्यमा रोबोटको सन्दर्भमा नयाँ मुद्दा खडा गरेको रिपोर्टमा भनिएको छ।

Sajilo Visa

प्रकाशित: २६ असार २०८१, बुधबार