केवाईसी अपडेट अभियानमा चार ओटा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीबीच सहकार्य

Technology Khabar २४ असार २०८१, सोमबार

केवाईसी अपडेट अभियानमा चार ओटा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीबीच सहकार्य

काठमाडौं ।

नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवा, खल्ती, आइ.एम.इ पे तथा प्रभु पे ले “KYC जरुरी छ” साझा अभियानको थालनी गरेका छन्।

सम्पूर्ण नेपालीमाझ सरल डिजिटल भुक्तानी तथा सहज वित्तीय सेवाहरूको पहुँच पुर्याएर नेपाललाई डिजिटल रूपान्तरण गर्न यो अभियानले अत्यन्तै ठूलो भूमिका खेल्ने दाबी गरिएको छ।

नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार डिजिटल वालेट प्रयोगकर्ताहरूले डिजिटल कारोबार गर्नको लागि केवाईसी प्रमाणीकरण  अनिवार्य रहेकोले जनमानसमा केवाईसी को महत्त्वबारे सचेतना फैल्याउन यो अत्यन्तै आवश्यक कदम हो । केवाईसी (नो योर कस्टमर-Know Your Customer) डिजिटल वालेट प्रयोगकर्ताहरूको पहिचान प्रमाणीकरण गर्ने एक अत्यावश्यक प्रक्रिया हो र कालो धन शुद्धिकरण, अनलाइन ठगी, क्रिप्टो माइनिंग तथा अनलाइन बेटिंग जस्ता आपराधिक क्रियाकलापमा डिजिटल वालेटको दुरुपयोग रोक्नको लागि अनिवार्य रहेको छ।

आर्थिक वर्ष २०८१/२०८२ को सुरुवातदेखि सबै डिजिटल प्रयोगकर्ताहरूले आफ्नो केवाईसी प्रमाणीकरण अनिवार्य रुपमा गर्नुपर्ने नियम नेपाल राष्ट्र बैङ्कको रहेको छ। केवाईसी प्रमाणीकरण  नभएका डिजिटल वालेटहरुको सञ्चालनको रोकिनुका साथै प्रयोगकर्ताहरूको वालेटमा भएको रकम फ्रिज हुनेछ र पश्चात मात्र डिजिटल खाता पूर्ण रुपमा सञ्चालनमा आउने बताईएको छ।

साझेदारीको बारे बोल्दै नेपालको पहिलो भुक्तानी सेवा कम्पनी इसेवा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, “डिजिटल भुक्तानी सेवालाई सरल बनाएर इसेवा प्रयोगकर्ताहरूलाई थप सहजता प्रदान गर्न केवाईसी एकदम महत्वपूर्ण कदम हो। प्रयोगकर्ताहरूलाई डिजिटल ठगीबाट जोगाउँनका साथै गैरकानूनी गतिविधिहरूको लागि डिजिटल वालेटको दुरुपयोग गर्ने जस्ता कार्यहरू रोक्न केवाईसी प्रमाणीकरण अत्यन्तै महत्वपूर्ण रहेको छ।”

खल्ती भुक्तानी सेवाका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “सारा नेपालीको वित्तिय समावेशिताको लागि बिगत ७ बर्ष भन्दा बढीदेखि काम गर्दै आएको यस खल्ती डिजिटल वालेटले नेपाल राष्ट्र बैङ्कको निर्देशिका बमोजिम कुनै पनि डिजिटल वालेटबाट भुक्तानी गर्न  केवाईसी भेरिफाई अनिवार्य भएको कारण सबै नेपालीको वित्तिय सहभागिताको लागि प्रमुख डिजिटल वालेटहरुको यो सहकार्य एक कोसेढुँगा साबित हुन्छ भन्नेमा म विश्वस्त छु।”

सहज र सुरक्षित भुक्तानीको लागि केवाईसीको भूमिकाबारेमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृतले प्रवीन रेग्मी प्रष्ट पर्दै भन्नु भयो, “ केवाईसी गर्नु भनेको पारदर्शी वित्तीय लेनदेन र भ्रष्टाचार विरुद्धको पहिलो कदम हो।“

सबै नेपालीलाई सहज वित्तीय सेवाहरूको पहुँच पुर्याउन यो अभियानले खेल्ने भूमिका बारे प्रभु पे का प्रमुख कार्यकारी अधिकृत बिक्की शाहीले क्यास-लेस कारोबार सहजीकरण गर्नका लागि केवाईसीको महत्वपूर्ण भूमिका रहनेछ र अनलाइन ठगी बाट ग्राहकहरूलाई बचाउन साथै जानेर वा अन्जान मा हुने अपराधिकरण कृयाकलाप रोक्न पनि केवाईसीको विशेष भूमिका रहने बताए।

Sajilo Visa

प्रकाशित: २४ असार २०८१, सोमबार