माइक्रोसफ्टको कोपाइलट एप अब आधिकारिकरूपमा आईओएसका लागि उपलब्ध

Technology Khabar २४ असार २०८१, सोमबार

माइक्रोसफ्टको कोपाइलट एप अब आधिकारिकरूपमा आईओएसका लागि उपलब्ध

काठमाडौं ।

यस हप्ताको सुरुमा एन्ड्रोइडमा समर्पित कोपाइलट एप (Copilot App)  ल्याएपछि, माइक्रोसफ्टले आधिकारिकरूपमा आईओएसका लागि पनि एप लन्च गरेको छ।

एपको आईइओस र आईप्याडओएस संस्करणहरू अब एप्पल एप स्टोरमा उपलब्ध छन्।

एप माइक्रोसफ्टको एआई च्याटबोटको स्ट्यान्डअलोन संस्करण हो, जुन पहिले बिंग एप मार्फत उपलब्ध थियो। यसको साथमा, तपाइँ प्रश्नहरूको जवाफ प्राप्त गर्न सक्नुहुन्छ, इमेलहरू ड्राफ्ट गर्न सक्नुहुन्छ, र टेक्स्ट-टू-इमेज जेनेरेटर डाले ई ३ (DALL-E 3) प्रयोग गरेर तस्विरहरू सिर्जना गर्न सक्नुहुन्छ।

पिसीम्यागको रिपोर्टअनुसार, एपले तपाईंलाई ओपनएआईको नवीनतम एलएलएम जीपीटी ४ (GPT-4) मा पहुँच पनि दिन्छ, जसलाई ओपनएआईमार्फत सिधै पहुँच गर्न सदस्यता चाहिन्छ।

बिङ्ग च्याट यस वर्षको सुरुमा बिङ्ग सर्च इन्जिन भित्र सुरु भएको थियो। माइक्रोसफ्टले नोभेम्बरमा कोपाइलटमा बिंग च्याटलाई पुन: ब्रान्ड गर्यो।

कोपाइलटसँग एक समर्पित वेब इन्टरफेस पनि छ जहाँ तपाईं आफ्नो डेस्कटप कम्प्युटरमा बोट पहुँच गर्न सक्नुहुन्छ, र एआई अनुभव पनि विन्डोज ११ र विन्डोज १० पिसीको लागि उपलब्ध छ।

माइक्रोसफ्टको स्वामित्वमा रहेको गीटहबले हालसालै गीटहब कोपाईलट च्याटलाई संस्था र व्यक्तिहरूको लागि उपलब्ध गराएको छ।

Sajilo Visa

प्रकाशित: २४ असार २०८१, सोमबार