टेस्लाले सिंगापुरको लागि मोडेल ३ को ल्यायो नयाँ रियर–ह्वील ड्राइभ संस्करण

Technology Khabar २३ असार २०८१, आईतवार

टेस्लाले सिंगापुरको लागि मोडेल ३ को ल्यायो नयाँ रियर–ह्वील ड्राइभ संस्करण

काठमाडौं ।

टेस्लाले सिंगापुरको बजारको लागि “ड्राइभ ११०” भनिने आफ्नो मोडेल ३ को नयाँ रियर–ह्वील ड्राइभ संस्करण अनावरण गरेको छ।

यो संस्करणले रअ पर्फमेन्स एफोर्डेबिलिटी (किफायत) लाई प्राथमिकता दिएको र देशको अद्वितीय कार स्वामित्व नियमहरूको कारणले गर्दा यस “ड्राइभ ११०” लाई सिंगापुरका उपभोक्ताहरूका लागि सम्भावित आकर्षक विकल्प बनाउने बताएको छ।

यो नयाँ संस्करणले मानक रियर–ह्वील ड्राइभ भेरियन्टको तुलनामा ६९,३०० सिंगापुर डलर (लगभग ३७२,७०० युआन/५१,३०० अमेरिकी डलर) को कम मूल्य प्रदान गर्दछ।

यद्यपि, पर्फरमेन्सतर्फ केही कटौती गरिएको हुनाले यसको कुल पावर आउटपुट ११० किलोवाटको रहेको र ८.६ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घण्टा एक्सेलेरेसन टाइम (मानक मोडेलको लागि ६.१ सेकेन्डको तुलनामा) रहेको जनाइएको छ। दुवै संस्करणहरूले ५१३ किलोमिटरको समान डब्ल्यूएलटीपी ड्राइभिङ दायरा साझा गर्ने उल्लेख छ।

त्यसैगरी “ड्राइभ ११०” लाई विशेष गरी सिंगापुरको नियमहरूको पालना गर्न डिजाइन गरिएको हुनाले यो संस्करण अन्य देशमा उपलब्ध हुने बारेमा स्पष्टता छैन्।

सिङ्गापुरको कार ओनरसिप सिस्टम (स्वामित्व प्रणाली) को लागि सवारी खरिद गर्नु अघि सर्टिफिकेट अफ ओनरसिप (सीओई) को बिडिङ आवश्यक पर्दछ। त्यसैले त्यहाँ क्लास ए (११० किलोवाट सम्म) र क्लास बी (११० किलोवाट भन्दा माथि) गरी दुई ओटा सीओई क्याटगोरीहरू रहेका छन्।

सीओई लागत र कारको मूल्य दुवैलाई ध्यानमा राखेर, मानक रियर–ह्वील ड्राइभ संस्करणको तुलनामा कम पर्फरमेन्सको बाबजुद पनि यसको क्लास ए सीओई को साथ “ड्राइभ ११०” सिंगापुरका उपभोक्ताहरूका लागि थप किफायती विकल्प हुने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: २३ असार २०८१, आईतवार