आईफोन १६ को सबै चार मोडेलहरूमा ए १८ चिप्स समावेश गरिने

Technology Khabar २३ असार २०८१, आईतवार

आईफोन १६ को सबै चार मोडेलहरूमा ए १८ चिप्स समावेश गरिने

काठमाडौं ।

गत वर्ष एप्पलले आईफोन १५ र आईफोन १५ प्लसलाई ए१६ बायोनिक चिपको साथमा र आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सलाई ए१७ प्रो को साथमा लन्च गरेको थियो। जसले, प्रो र नन–प्रो मोडेलहरू बीच अझ बढी भिन्नता ल्याएको थियो।

तर, चिपसेटको कारणले गर्दा केवल आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सले एप्पल इन्टेलिजेन्सलाई समर्थन गर्ने भएको हुनाले उक्त भिन्नतालाई खासै राम्रो प्रतिक्रिया प्राप्त नभएको र फलस्वरुप यो गलत कदम जस्तो हुन पुगेको एक रिपोर्टमा जनाइएको छ।

तसर्थ एप्पलले गत वर्षको जस्तै उही गलत चाल चालेर गल्ति गर्ने कार्य यस वर्ष नदोहोर्याउने अपेक्षा गरिएको छ। एप्पलको ब्याकइन्डमा फेला परेको कोडअनुसार, आईफोन १६ को सबै चार मोडेलहरू ए१८ चिपद्वारा संचालित हुने देखिएको छ।

यद्यपि, एप्पलले दुई स्तरको प्रणाली प्रदान गर्ने सक्ने सम्भावना रहेको छ, जस अनुसार नन–प्रो आईफोन १६ एस ले ए१८ प्राप्त गर्ने उल्लेख गरिएको छ भने प्रोहरूले ए १८ प्रो वा त्यस्तै केहि हासिल गर्नसक्ने बताईएको छ। तर सस्तो डिभाइसहरूले गत वर्षको एसओसी समावेश नगर्ने कुराको पुष्टि भएको रिपोर्टमा भनिएको छ।

चाखलाग्दो कुरा के रहेको छ भने, एप्पलको कोडमा पाँचओटा मोडेलहरू फेला परेको र पाँचौं मोडल के हुनेछ भन्ने बारेमा अझै पनि रहस्य रहेको छ। उक्त पाँचौं मोडेल अर्को आईफोन एसई हुन सक्ने अनुमान गरिएको छ, जुन सन् २०२५ को प्रारम्भमा आईफोन १६ परिवारको जस्तै नविनतम चिपको साथ लन्च हुन सक्ने जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २३ असार २०८१, आईतवार