एप्पल प्रयोगकर्ताका लागि एआईको प्रयोग महँगो हुने, कम्पनीले हरेक महिना सदस्यता शुल्क लिने

Technology Khabar २२ असार २०८१, शनिबार

एप्पल प्रयोगकर्ताका लागि एआईको प्रयोग महँगो हुने, कम्पनीले हरेक महिना सदस्यता शुल्क लिने

काठमाडौं ।

टेक कम्पनी एप्पलले यस वर्ष आयोजित डब्लुडब्लुडिसी २०२४ इभेन्टमा एप्पल इन्टेलिजेन्सलाई विश्वसामु प्रस्तुत गरेको थियो। कम्पनीले आफ्नै एआईमा धेरै उन्नत सुविधाहरू थपेको छ। जुन यो वर्षको अन्त्यसम्ममा उपलब्ध हुनेछ।

एप्पलको यो घोषणापछि प्रयोगकर्ताहरु निकै उत्साहित भएका छन्। तर एक रिपोर्टले प्रयोगकर्ताहरूले लामो समयसम्म यी सेवाहरू निःशुल्क प्रयोग गर्न नपाउने बताएको छ।

कम्पनीले एप्पल इन्टेलिजेन्सलाई दुई तहमा विभाजन गर्ने योजना बनाएको छ। एक तहमा प्रयोगकर्ताले सिमित सेवा मात्रै निःशुल्क पाउनेछन् भने अर्को तहमा प्रयोगकर्ताले आईफोन, आईप्याड र म्याकमा एआई सेवाका लागि कम्पनीको सदस्यता लिनुपर्नेछ। हाल यस निर्णयको बारेमा एप्पलबाट कुनै आधिकारिक बयान आएको छैन।

के छ एप्पलको योजना ?

ब्लूमबर्गको रिपोर्टअनुसार, प्रयोगकर्ताहरूले पाउने सदस्यताको नाम एप्पल इन्टेलिजेन्स प्लस हुनेछ। एप्पलले डिभाइसहरू बेचेर भन्दा यी सशुल्क योजनाहरू बेचेर बढी नाफा कमाउने अपेक्षा गरिएको छ। यति मात्र नभई, एप्पलले आफ्नो एआई पार्टनरको सब्सक्रिप्शन राजस्व पनि कटौती गर्ने योजना बनाएको छ।

एप्पल इन्टेलिजेन्सले कसरी काम गर्छ?

एप्पल इन्टेलिजेन्सले एप्पल डिभाइसहरूमा मात्र काम गर्नेछ। त्यसैले यसलाई प्रयोग गर्न तपाईंसँग एप्पलका डिभाइस हुनुपर्छ। कम्पनीको यो एआई सेवा एपको रुपमा तपाईको फोनमा हुनेछ। यसको मद्दतले तपाइँ नोटिफिकेसनहरू व्यवस्थापन गर्न सक्षम हुनुहुनेछ। एप्पल इन्टेलिजेन्सले तपाइँको कमान्डमा मेल कम्पोज गर्न सक्छ साथै तपाइँको टेक्स्ट मेसेजहरू अन्य एपहरूमा संक्षेपिकरण गर्न सक्छ।

तपाईंले एप्पल इन्टेलिजेन्समा ‘इमेज प्लेग्राउन्ड’ को विकल्प पनि प्राप्त गर्नुहुनेछ, जसको मद्दतले तपाईंले प्रम्प्ट दिएर सित्तैमा जेनेरेट गरिएको छवि प्राप्त गर्न सक्नुहुन्छ।

Sajilo Visa

प्रकाशित: २२ असार २०८१, शनिबार

ताजा समाचार