प्रहरीको लोगो भएको फेक इमेलको जवाफ नदिन र लिंकहरुमा क्लिक नगर्न प्रहरीको अनुरोध

Technology Khabar १९ असार २०८१, बुधबार

प्रहरीको लोगो भएको फेक इमेलको जवाफ नदिन र लिंकहरुमा क्लिक नगर्न प्रहरीको अनुरोध

काठमाडौं ।

नेपाल प्रहरीले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत फेक इमेललाई रिप्लाई नगर्न तथा संलग्न भएका लिंकहरुमा क्लिक नगर्नका लागि अनुरोध गरेको छ।

किर्ते गर्दै नेपाल प्रहरीलको लोगो, संगठन प्रमुखको नाम, सहिछाप र छाप प्रयोग गरेर विभिन्न व्यक्तिहरुलाई छुट्टाछुट्टै मितिमा इमेल र पत्र पठाईएको प्रहरीले उल्लेख गरेको छ।

“तपाईले आफ्नो आईपी एड्रेस ठेगाना प्रयोग गरी चाइल्ड पोर्नोग्राफी (बाल अश्लीलता), साइबर पोर्नोग्राफी, चाइल्ड क्राइम (बाल अपराध) सम्बन्धी सामाग्रीहरु प्रयोग गरिरहनु भएको प्रमाण हामीसँग रहेकोले ४८ घण्टा भित्र यस सम्बन्धी जवाफ लेखी पठाउनुहोला, अन्यथा कारबाही गरिने छ” लेखिएको इमेल पठाइरहेको पाइएको नेपाल प्रहरीलले भनेको छ।

यस प्रकारको इमेल तथा पत्र नेपाल प्रहरीबाट सम्प्रेषित नभएको र अफवाह फैलाउने इमेलको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।

साथै, यस किसिमको इमेललाई रिप्लाई नगर्न तथा संलग्न भएका लिंकहरुमा क्लिक नगर्नका लागि समेत नेपाल प्रहरीले अनुरोध गरेको छ।

Sajilo Visa

प्रकाशित: १९ असार २०८१, बुधबार