टोयोटाले टेस्ला जस्तै सुबिधाको आशा गर्दै सांघाईमा इभी प्लान्ट निर्माण गर्न खोजेको रिपोर्टको भनाई

Technology Khabar १९ असार २०८१, बुधबार

टोयोटाले टेस्ला जस्तै सुबिधाको आशा गर्दै सांघाईमा इभी प्लान्ट निर्माण गर्न खोजेको रिपोर्टको भनाई

काठमाडौं ।

जापानी अटो दिग्गज टोयोटाले पूर्ण स्वामित्वको कारखाना निर्माण गर्ने सम्भाव्यताका लागि सांघाई अधिकारीहरूसँग छलफल गरिरहेको ब्लूमबर्गले यस विषयमा परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै एउटा रिपोर्टमा भनेको छ।

टोयोटाले टेस्लाले प्राप्त गरेको जस्तै सुबिधाका लागि वार्ता गरिरहेको छ, जसमा कर छुट, नीति सहयोग, भूमि अनुदान, र स्थानीय संयुक्त उद्यम साझेदारको आवश्यकता बिना चीनमा कारखानाहरू प्रत्यक्ष स्वामित्व र नियन्त्रण गर्ने असामान्य क्षमता समावेश रहेको यस विषयमा परिचित व्यक्तिहरूलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ।

टेस्लाको सांघाई कारखाना, जुन जनवरी ७, २०१९ मा निर्माण सुरु भयो, र २०१९ को अन्त्यमा सञ्चालनमा आएको थियो। यो चीनको पहिलो पूर्ण विदेशी स्वामित्वमा रहेको मोटर वाहन निर्माण परियोजना हो।

सीएनईभीपोस्टको रिपोर्टअनुसार गीगा सांघाईले जनवरी २०२० मा मोडल ३ सेडानहरू र जनवरी २०२१ मा मोडल वाई क्रसओभरहरू स्थानीय उपभोक्ताहरूलाई डेलिभर गर्न थालेको थियो।

ब्लूमबर्गका अनुसार, टोयोटाले आफ्नो प्रिमियम लेक्सस ब्रान्डका लागि विद्युतीय सवारी साधन (इभीहरु) उत्पादन गर्न प्लान्ट प्रयोग गर्नेछ ।

सांघाईका अधिकारीहरू ठूला कम्पनीहरूबाट थप विदेशी लगानी आकर्षित गर्न खुला छन् तर केन्द्रीय सरकारको स्वीकृति आवश्यक पर्न सक्ने, यस मामिलासँग परिचित एक व्यक्तिले भनेको रिपोर्टमा उल्लेख छ।

टोयोटा विश्वको नम्बर १ अटोमेकर हो, तर स्थानीय कार निर्माताहरू द्रुत रूपमा बढ्दै जाँदा अन्य जापानी कार निर्माताहरू जस्तै यसले चीनमा पनि बजार शेयरमा गिरावट देखिरहेको छ।

टोयोटाको चीनमा धेरै संयुक्त उद्यमहरू छन्, तर बिक्री मुख्यतया यसको जीएसी समूह र एफएडब्लु समूहसँगको संयुक्त उद्यमबाट आउँछ।

Sajilo Visa

प्रकाशित: १९ असार २०८१, बुधबार