क्यासियोले जी–शक जीबीडी–३०० स्मार्टवाच लन्च गर्यो

Technology Khabar १६ असार २०८१, आईतवार

क्यासियोले जी–शक जीबीडी–३०० स्मार्टवाच लन्च गर्यो

काठमाडौं ।

क्यासियो अमेरिकाले ‘जी–शक जीबीडी–३०० स्मार्टवाच’ का साथ आफ्नो जी–स्क्वाड सिरिजमा नयाँ मोडल थपेको छ। यो नयाँ मोडलमा कम्फर्ट (आराम) र रिसाइलेन्स (लचिलोपन) को उद्देश्यका साथ पातलो, थप कम्प्याक्ट डिजाइन रहेको छ, जसले खेलाडीहरू र फिटनेस उत्साहीहरूका लागि उपयोगी हुनेछ।

जीबीडी–३०० मा रहेको डुअल बेजेल स्ट्रक्चरले कुनै क्षति बिना महत्त्वपूर्ण प्रभावहरू ह्यान्डल गर्न सक्ने सुनिश्चित गर्दै यसको मुख्य कम्पोनेन्टहरूलाई सुरक्षित राख्ने जनाइएको छ।

त्यसैगरी यो नयाँ स्मार्टवाच लाईटवेट (हल्का तौल), शक रेसिस्टेन्ट (झटका–प्रतिरोधी) हुनुका साथै यसका फिचर गरिएकJ हाई–कन्ट्रास्ट एलसीडी डिस्प्लेले उज्यालो प्रकाशमा पनि समय, मिति, र अलार्महरू स्पष्ट रूपमा देखाउने छ। यस बाहेक, यसमा चार अलार्महरू, काउन्टडाउन टाइमर, स्टपवाच र ३८ वर्ल्ड टाईम सेटिङहरू समावेश गरिएको छ।

यो स्मार्टवाच डिस्ट्यान्स मेजरिङ (दूरी मापन), पेस (गति), स्टेप्स (पाइलाहरू), र ‘क्यालोरी बर्न’ जस्ता उन्नत फिटनेस ट्र्याकिङ फिचर्सका साथ आएको छ। यसले पर्फमेन्स एनालाइसिसको लागि डाटा भण्डारण गर्नेछ, जसले एथलीटहरूलाई उनीहरूको प्रगति अनुगमन गर्न र उनीहरूको प्रशिक्षण समायोजन गर्न मद्दत गर्नेछ।

ब्लुटुथ कनेक्टिभिटीको साथ, जीबीडी–३०० सजिलैसँग स्मार्टफोनहरूमा कनेक्ट हुने र प्रयोगकर्ताहरूलाई कल, इमेल, र सोशल मिडियाको लागि नोटिफिकेसन्स सिधै उनीहरूको घडीमा प्राप्त गर्न अनुमति दिनेछ। साथै जी–शक मुभ एपले ट्रेनिङ प्लान कस्टमाईजेसन र जीपीएस डिस्ट्यान्स करेक्सन (दूरी सुधार) को साथ घडीको फिचर्स सुधार गरेको छ।

जीबीडी–३०० लङ्ग–लासटिङ (लामो समयसम्म चल्ने) प्रयोगको लागि बनाइएको हुनाले पानी प्रतिरोधी भएको र दुई वर्षसम्म टिक्ने सीआर२०३२ लिथियम ब्याट्रीका साथ आएको छ।

यो स्मार्टवाच जुलाई महिनामा उपलब्ध हुनेछ भने यो कालो, सेतो र पहेंलो रंगमा आउने गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १६ असार २०८१, आईतवार