शाओमीले नेपाली बजारमा ल्यायो रेडमी १३ स्मार्टफोन, १०८ मेगापिक्सेल क्यामरा र शक्तिशाली ब्याट्री

Technology Khabar १४ असार २०८१, शुक्रबार

शाओमीले नेपाली बजारमा ल्यायो रेडमी १३ स्मार्टफोन, १०८ मेगापिक्सेल क्यामरा र शक्तिशाली ब्याट्री

काठमाडौं ।

शाओमीले नेपालमा रेडमी १३ लन्च गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामरा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेडमी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ।

हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “ नेपालमा रेडमी १३ सार्वजनिक गर्न पाउँदा हामी निकै खुशी र उत्साहित भएका छौँ । शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, ठूलो ६.७९ इन्चको इमर्सिभ डिस्प्ले, १०८ एमपीको उन्नत क्यामरा प्रणाली र लामो समयसम्म चल्ने ५,०३० एमएच ब्याट्रीले गर्दा बहुमुखी कार्यसम्पादनको लागि नयाँ बेन्चमार्क सेट गरेको छ।”

मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसरको साथमा उत्कृष्ट प्रदर्शनः
रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर र एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ। १२ एनएमको चिपमा बनेको यो अक्टाकोर सिपियुमा कोर्टेक्स ए ५५ कोर र हाइ पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएको हुनाले २.०० गिगाहर्ज सम्मको अधिकतम फ्रिक्वेन्सी दिन्छ। इन्टिग्रेटेड माली जि ५२ एमसी २ जिपियुले गेमिङ र मल्टिमिडिया एपको प्रयोगलाई सहज प्रदर्शन प्रदान गर्नेछ।

६.७९ इन्चको फुल एचडी डिस्प्लेः

रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ । २४६० ८ १०८० पिक्सेलको रिजोल्युसनले जीवन्त कलर अनुभव र डिटेल प्रदान गर्दछ । ९० हर्ज सम्मको रिफ्रेस रेटले स्मुथ स्क्रोलिङ र एनिमेसनहरू सुनिश्चित गर्दछ । साथै लो ब्लु लाइट र फ्ल्यास–रहित डिस्प्लेले मोबाइलको लामो समय प्रयोग पनि सुनिश्चित गर्दछ ।

पर्याप्त स्टोरेज र र्याम विकल्पहरूः

रेड्मी १३ ले विभिन्न प्रयोगकर्ताका आवश्यकताहरू पुरा गर्न विभिन्न स्टोरेज र र्याम कन्फिगरेसनहरू प्रदान गर्दछ । ६ जिबी ¥याम १२८ जिबी स्टोरेज र ८ जिबी र्याम २५६ जिबी स्टोरेज सहित विकल्पमा रेड्मी १३ उपलब्ध हुनेछ। यसबाहेक माइक्रोएसडी कार्ड मार्फत १ टिबीसम्म स्टोरेज बढाउन सकिन्छ। त्यसैले प्रयोगकर्ताहरूले स्टोरेजको बारेमा चिन्ता लिनुपर्ने छैन।

पातलो र स्टाइलिश डिजाइनः

सुन्दरताका साथ डिजाइन गरिएको, रेड्मी १३ समात्न र प्रयोग गर्न निकै सहज हुनेछ। १६८.६ एमएमको हाइट, ७६.२८ एमएम विड्थ र ८.३ एमएम मोटाईको साथ रेड्मी १३ को तौल मात्र २०५ ग्राम छ। यसको डिजाइनले सौन्दर्य र पोर्टेबिलिटी दुवै प्रदान गर्दछ।

एडभान्स्ड क्यामरा प्रणालीः

यसको रियर क्यामरामा सामसङ सुपर–क्लियर आइएसओ सेल एचएम ६ सहितको १०८ मेगापिक्सेलको क्यामरा समावेश रहेको छ। यस मुख्य क्यामरामा ६ पि लेन्स र १.७५ को एपेरेचर रहन्छ भने २.४ एपेर्चरको २ मेगापिक्सेलको म्याक्रो क्यामारा पनि यस स्मार्टफोनमा उपलब्ध हुन्छ। यो कम्बीनेसनको सहायताले प्रयोगकर्ताहरुले जस्तोसुकै लाइटिङमा पनि क्लोज–अप फोटोहरु लिन सक्नेछन् । साथै फिल्म क्यामरा, कस्टम फ्रेम, १०८० एमपी मोड, एचडिआर मोड, नाइट मोड, पोर्ट्रेट मोड र टाइम–ल्याप्स जस्ता सुविधाहरूले यस स्मार्टफोनलाई थप उपयोगी बनाउँदछ।

फास्ट चार्जिङ सहित लामो समयसम्म चल्ने ब्याट्रीः

रेड्मी १३ मा ५०३० एमएचको शक्तिशाली ब्याट्री उपलब्ध छ जसले दिगो प्रयोग सुनिश्चित गर्दछ । यसले ३३ वाटका फास्ट चार्जिङ सपोर्ट गर्दछ । साथमा यस स्मार्टफोनले सुविधाजनक टाइप–सी पनि सर्पोट गर्दछ ।

बजार उपलब्धताः

रेड्मी १३ ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् ।

६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमका मुल्यहरु क्रमशः रु.१८,९९९ रु. २१,९९९ रहेको कम्पनीले जनाएको छ।

Sajilo Visa

प्रकाशित: १४ असार २०८१, शुक्रबार