ह्वावेले घोषणा गर्यो स्व–विकसित “कान्जी” प्रोग्रामिङ ल्याङ्गवेज

Technology Khabar ९ असार २०८१, आईतवार

ह्वावेले घोषणा गर्यो स्व–विकसित “कान्जी” प्रोग्रामिङ ल्याङ्गवेज

काठमाडौं ।

ह्वावेले शुक्रबार एचडीसी २०२४ डेभलपर कन्फरेन्स (विकासकर्ता सम्मेलन) मा आफ्नै प्रोग्रामिङ ल्याङ्गवेज (भाषा) ‘कान्जी’ को अनावरण गरेको छ। उक्त ल्याङ्गवेज (भाषा) लाई अल सिनारियो इन्टेलिजेन्स एप्लिकेसन्सको लागि नयाँ पुस्ताको विकल्पको रूपमा प्रस्तुत गरिएको छ।

ह्वावेका अनुसार, कान्जीले “ नेटिभ इन्टेलिजेन्स (स्वदेशी बुद्धिमत्ता), नेचुरल अल–सिनारियो, हाई पर्फरमेन्स र स्ट्रङ्ग सेक्युरिटी” प्रदान गर्नेछ। साथै यसले ह्वावे हार्मनीओएस इकोसिस्टमसँग एकीकृत हुने र प्रयोगकर्तामैत्री विकास अनुभव प्रदान गर्ने उल्लेख गरिएको छ।

कान्जीको केहि प्रमुख विशेषताहरु यस प्रकार रहेका छन्ः

  • नेटिभ इन्टेलिजेन्सः कान्जीले नेचुरल ल्याङ्गवेज (प्राकृतिक भाषा) लाई प्रोग्रामिङ ल्याङ्गवेज (भाषा) सँग कम्बाइन गर्ने बिल्ट–इन एजेन्टडीएसएल फ्रेमवर्क बुस्ट गर्दछ। यसले मल्टिएजेन्ट कोल्याबोरेसन र सिंप्लिफाइड सिम्बलिक एक्सप्रेसन्स (सरलीकृत प्रतीकात्मक अभिव्यक्तिहरू) को लागि अनुमति दिन्छ।
  • फुल–सीन क्यापाबिलिटीजः ल्याङ्गवेज विभिन्न परिदृश्यहरूको लागि मोड्युलर डिजाइनको साथ, लाईटवेट (हलुका) र स्केलेबल (मापनयोग्य) किसिमको डिजाइन गरिएको छ। यसले डोमेन–उन्मुख विकासलाई पनि समर्थन गर्दछ।
  • हाई पर्फमेन्सः कान्जीले स्मुथ (सहज) एप्लिकेसन थ्रेडहरू र फास्टर रेस्पोन्स टाइम्स (छिटो प्रतिक्रिया समय) को लागि नयाँ गार्बेज कलेक्सन सिस्टम फिचर गर्दछ। थप रूपमा, लाईटवेट थ्रेडहरूले समवर्ती पर्फमेन्स सुधार गर्ने भनिएको छ।
  • स्ट्रोङ्ग सेक्युरिटीः विकासकर्ताहरूलाई सुरक्षा कमजोरीहरूबाट बच्नका लागि मद्दत गर्न भनेर ल्याङ्गवेज (भाषा) डिजाइनमा सेक्युरिटी (सुरक्षा) बनाइएको छ।

कान्जी मल्टि–पाराडाइम ल्याङ्गवेज भएको र यसले फङ्गसनल, इम्पेरेटिभ र अब्जेक्ट–ओरियन्टेड (उन्मुख) प्रोग्रामिङ शैलीहरूलाई समर्थन गर्ने उल्लेख गरिएको छ। यसले टाईप इन्फरेन्स, जेनेरिक्स, र स्ट्रिमलाईन डेभलपमेन्टसँग म्याच हुने जस्ता फिचरहरू पनि समावेश गर्दछ।

सुरक्षाको बारेमा चासो राख्ने विकासकर्ताहरूका लागि, कान्जीले प्रोग्राम स्टेबिलिटी (कार्यक्रम स्थिरता) सुनिश्चित गर्न स्ट्याटिक–टाईप सिस्टम (स्थिर–प्रकार प्रणाली) र स्वचालित मेमोरी व्यवस्थापन प्रदान गर्दछ। त्यसैगरी यसले त्रुटि पत्ता लगाउन र क्रस–ल्याङ्गवेज अन्तरसञ्चालन सुरक्षाको लागि रनटाइम जाँचहरू पनि प्रदान गर्दछ।

कन्कर्रेन्सीको सन्दर्भमा, कान्जी (क्यान्जी) ले लाइटवेट प्रयोगकर्ता–मोड थ्रेडहरू र समवर्ती अब्जेक्ट पुस्तकालयहरू प्रयोग गर्दछ। यी फिचरहरू विकासलाई सरल बनाउन र स्रोत उपयोग सुधार गर्न डिजाइन गरिएको जनाइएको छ।

त्यसैगरी कान्जीको अर्को फोकस भनेको पर्फमेन्स रहेको जनाइएको छ। कम्पाइलर र रनटाइम उच्च–स्तर र ब्याक–एन्ड कम्पाइलेशन अप्टिमाइजेसन्सका साथै रनटाइम अप्टिमाइजेसनहरू सहित इफिसियन्सिका लागि अनुकूलित छन्।

लाइटवेट रनटाइम डिजाइनले पर्फमेन्स र रिसोर्स इफिसियन्सीमा थप योगदान दिने जनाइएको छ। यसबाहेक, कान्जीले डिबगिङ, स्थिर जाँच, पर्फमेन्स विश्लेषण र परीक्षण फ्रेमवर्कहरू सहित एक व्यापक विकास टुलचेन प्रदान गर्दछ।

ह्वावे होङमेङ हार्मनीओएस नेक्स्ट कान्जी ल्याङ्गवेज डेभलपर प्रिभ्यू (भाषा विकासकर्ता पूर्वावलोकन) अब विकासकर्ताहरूलाई साइन अप गर्न र अन्वेषण गर्न उपलब्ध रहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: ९ असार २०८१, आईतवार