ओप्पो रेनो ११ ए स्मार्टफोन जापानको बजारमा अनावरण

Technology Khabar ९ असार २०८१, आईतवार

ओप्पो रेनो ११ ए स्मार्टफोन जापानको बजारमा अनावरण

काठमाडौं ।

ओप्पोले जापानमा रेनो ११ए स्मार्टफोनको घोषणा गरेको छ। यस डिभाइसको केही प्रमुख विशेषताहरूमा १२० हर्ज एमोलेड स्क्रिन, ६४–मेगापिक्सेलको ट्रिपल क्यामरा प्रणाली र ६७ वाट फास्ट (द्रुत) चार्जिङ सपोर्ट समावेश रहेका छन्।

ओप्पो रेनो ११ए को स्पेसिफिकेसन्स र फिचरहरू

ओप्पो रेनो ११ए मा ६.७ इन्चको एएमओएलईडी (एमोलेड) स्क्रिन छ जसले एफएचडी प्लस रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट प्रदान गर्दछ। साथै यो डिभाइस एन्ड्रोइड १४ संग प्रीलोडेड भएर आउने छ, जुन कलरओएस १४ संग लेयर्ड गरिएको छ।

थप सुरक्षाको लागि भनेर यसमा इन–स्क्रिन फिङ्गरप्रिन्ट सेन्सर पनि समावेश गरिएको छ।

रेनो ११ए स्मार्टफोनको पछाडि, ६४ मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र २ मेगापिक्सेलको म्याक्रो क्यामरा समावेश गरिएको छ। त्यसैगरी सेल्फीका लागि यो डिभाइसमा ३२ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा रहेको छ।

रेनो ११ए मा डाइमेन्सिटी ७०५० चिपसेट अनबोर्ड छ। यो ८ जीबी र्याम, १२८ जीबी स्टोरेज (भण्डारण) र ६७ वाट फास्ट चार्जिङ सपोर्टको साथ ५,००० एमएएच ब्याट्रीको साथ आउनेछ।

रेनो ११ए ले प्रदान गर्ने अन्य सुविधाहरूमा वाइफाइ ८०२.११एएक्स, ब्लुटुथ ५.२, जीपीएस, एनएफसी, यूएसबी–सी पोर्ट, र आईपी६५–रेटेड चेसिस पर्दछन्। यो डिभाइस १६२ x ७५ x ७.६मिमी मापन गर्दछ भने यसको तौल १७७ ग्राम रहेको छ।

ओप्पो रेनो ११ए को मूल्य

जापानमा हाल रेनो ११ए को रिजर्भेसनहरू खुला गरिएको र यसको मूल्य जापानी येन ४८,८०० (३०७ अमेरिकी डलर) कायम गरिएको जनाइएको छ। साथै यो जुन २७ तारिखदेखि जापानमा बिक्रीमा जाने योजना रहेको छ। यो कोरल पर्पल र डार्क ग्रिन (गाढा हरियो) जस्ता रङ्गहरूमा आउने छ।

सोही डिभाइस ओप्पो रेनो ११एफ नाम अन्तर्गत अन्य बजारहरूमा पहिले नै उपलब्ध रहेको बताईएको छ।

Sajilo Visa

प्रकाशित: ९ असार २०८१, आईतवार