स्क्यामरहरूबाट बच्नको लागि एन्ड्रोइडको ‘फोन एप’मा “लुकअप” बटन

Technology Khabar ३ असार २०८१, सोमबार

स्क्यामरहरूबाट बच्नको लागि एन्ड्रोइडको ‘फोन एप’मा “लुकअप” बटन

काठमाडौं ।

अनावश्यक कलहरू र स्क्याम कलहरू धेरै फोन प्रयोगकर्ताहरूको लागि प्रमुख चिन्ताको विषय बनेको छ। गुगल फोन एपले केही कलर आइडी फिचर्स (सुविधाहरू) प्रदान गरेतापनि, गुगलले अब अज्ञात कलरहरू पहिचान गर्न अझ सजिलो बनाउनका लागि नयाँ “लुकअप” बटन थपेको छ।

अहिलेको अवस्थामा, कसैले एक अज्ञात नम्बरको सामना गर्दा, उक्त कलको जवाफ दिने वा वैध कल छुटाउने जोखिमको निर्णय गर्नुपर्दछ।यदि त्यसको जवाफ नदिने छनोट गरिएको खण्डमा भने जानकारी हेर्नको लागि म्यानुअल रूपमा सो नम्बर गुगल वा ट्रुकलर जस्ता फोन डाइरेक्टरीहरूमा हेर्नुपर्ने हुन्छ।

अब, गुगलको फोन डायलरमा रहने लुकअप फिचरको साथ उक्त झन्झट चाँडै हट्ने भएको छ। अज्ञात नम्बरबाट कल प्राप्त गर्दा, फोन एप भित्र केवल लुकअप बटन ट्याप गर्न सकिने जनाइएको छ। यसले अर्को एपमा स्विच गर्न वा म्यानुअल रूपमा कपि एण्ड पेस्ट गर्ने झन्झट बिना नै नम्बरको बारेमा जानकारी खोज्नको लागि एपलाई ट्रिगर गर्नेछ।

यद्यपि लुकअपको नतिजा नम्बरको गतिविधिको आधारमा फरक हुनसक्ने उल्लेख गरिएको छ। साथै स्क्याम कलहरूको लागि, सर्च (खोजी) ले स्क्यामको प्रकार प्रकट गर्नुपर्ने उल्लेख छ। उक्त पुष्टिले जवाफ दिने वा नदिने भनेर निर्णय गर्न मद्दत गर्न सक्ने छ र यदि स्क्याम रहेको खण्डमा, नम्बरलाई रिपोर्ट गर्न सकिने जनाइएको छ।

“लुकअप” बटनले निश्चित जवाफहरू प्रदान नगरेको खण्डमा पनि, यो अझै पनि उपयोगी हुन सक्नेछ। कलर वैध भएको अवस्थामा र कल नउठाएको खण्डमा, तिनीहरू (कलरहरु) ले भ्वाइस मेल मेसेज (सन्देश) छोड्न सक्नेछन् र त्यसलाई पछि सुन्न सकिने छ। त्यसैगरी कम महत्त्वपूर्ण कलहरूले पनि टेक्स्ट मेसेजको साथ फलोअप गर्न सक्नेछन्।

लुकअप फिचरलाई सुरुमा पिक्सेल डिभाइसहरूको लागि फिचर ड्रपसँगै घोषणा गरिएको थियो। यद्यपि, उक्त अपडेट अब स्वतन्त्र रूपमा रोल आउट भएको एन्ड्रोइड पुलिसले रिपोर्ट गरेको छ। तसर्थ, यो फिचर पिक्सेल अपडेट प्राप्त गर्ने डिभाइसहरूका साथै सबै डिभाइसहरूमा तुरुन्तै उपलब्ध नहुन सक्छ।

यद्यपि, लुकअप बटनलाई कुनै पनि प्रयोगकर्ता सक्रियता आवश्यक नपर्ने जनाइएको छ।

Sajilo Visa

प्रकाशित: ३ असार २०८१, सोमबार