सामसङले मिडियाटेक चिपसेटको साथ ग्यालेक्सी ट्याब एस १० प्लस लन्च गर्ने

Technology Khabar ३ असार २०८१, सोमबार

सामसङले मिडियाटेक चिपसेटको साथ ग्यालेक्सी ट्याब एस १० प्लस लन्च गर्ने

काठमाडौं ।

सामसङले आफ्नो अर्को फ्ल्यागशिप ट्याब्लेट सिरिजमा स्न्यापड्रागन एकाधिकार तोड्न सक्ने एक बेन्चमार्क लिस्टिङले खुलासा गरेको छ। मोडेल नम्बर एसएम–एक्स८२८यू भएको उक्त डिभाइस ग्यालेक्सी ट्याब एस १० प्लस हुने सम्भावना धेरै भएको र मिडियाटेकको डाइमेन्सिटी ९३०० प्लस प्लेटफर्मको साथ गीकबेन्चमा देखा परेको उल्लेख गरिएको छ।

एक रिपोर्टअनुसार, डाइमेन्सिटी र हेलियो प्लेटफर्म भएका स्मार्टफोनहरु दर्जनौं भएका कारणले गर्दा कोरियाली कम्पनीले विगत चार वर्षदेखि मिडियाटेक चिपसेटको प्रयोग बढाउँदै आएको छ।

यद्यपि, प्रिमियम ट्याब्लेटमा मिडियाटेक चिप देख्न पाउनु नौलो कुरा हो। साथै ती मध्ये दुई (लगभग १२० मध्ये) मात्र देखिएको र ती दुवै किफायती एलटीई डिभाइस भएको उल्लेख गरिएको छ।

डिभाइसलाई १२ जीबी र्याम र एन्ड्रोइड १४ सँग बेन्चमार्क गरिएको जीएसएमएरिनाले रिपोर्टमा भनेको छ।

Sajilo Visa

प्रकाशित: ३ असार २०८१, सोमबार