सामसङको आफ्नो पहिलो कलर ई–पेपर टिभी प्रस्तुत

Technology Khabar २ असार २०८१, आईतवार

सामसङको आफ्नो पहिलो कलर ई–पेपर टिभी प्रस्तुत

काठमाडौं ।

अमेरिकाको लस भेगासमा यस वर्षको इन्फोकम एक्स्पोमा सामसङले कलर ई–पेपर टिभीको घोषणा गरेको छ। यद्यपि यो अझै प्रोटोटाइप भएतापनि यसको लुक्स हेर्दा यो चाँडो भन्दा चाँडो लन्च हुन सक्ने देखिन्छ।

यो वास्तवमा कार्यालय, मलहरु, रिटेल शप (खुद्रा पसल) वा बाहिरी सार्वजनिक स्थानहरूमा विज्ञापन वा पीएसएहरू प्रदर्शन गर्नको लागि डिजाइन गरिएको कलर ई–इङ्क (मसी) डिस्प्ले प्यानल भएको जनाइएको छ।

यो क्यूएचडी रिजोल्युसन भएको ३२ इन्चको टिभी हो र जसले ६०,००० सम्म कलर्स (रङ्गहरु) प्रदर्शन गर्न सक्ने उल्लेख छ। साथै यो केवल १७.९ एमएम मोटो रहेको र ब्याट्री बिना यसको तौल २.९ केजीको छ।

ब्याट्रीको कुरा गर्दा, स्ट्याटिक ईमेज (स्थिर छवि) देखाउँदा डिस्प्ले आफैंले कुनै शक्ति खपत नगर्ने उल्लेख छ। साथै, स्क्रिनमा कन्टेन्ट (सामग्री) परिवर्तन गर्दा मात्र यस टिभीलाई पावर चाहिने जनाइएको छ।

यसले आफ्नो ८ जीबी इन्टर्नल स्टोरेज (आन्तरिक भण्डारण) मा प्री–लोड गरिएको कन्टेन्ट (सामग्री) सोर्सिङ गरेर त्यसो गर्नसक्ने छ। साथै यसलाई ब्लुटुथ, वाई–फाई र दुईओटा यूएसबी–सी कनेक्टरहरू (एक पावरको लागि र अर्को स्थानान्तरणको लागि) मार्फत जडान गर्न सकिने छ। त्यसैगरी टिभी वरपरको फ्रेम सजिलैसँग बदल्न सकिने र यो २००x२०० भीईएसए वाल माउन्टहरूसँग उपयुक्त हुनेछ।

कोरियाली टेक जायन्टले स्क्रिनमा रहेका कन्टेन्ट (सामग्री) लाई सजिलै व्यवस्थापन गर्न सक्ने समर्पित एपको साथ टिभी लन्च गर्ने योजना बनाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २ असार २०८१, आईतवार