ह्वावे मेटप्याड एसई ११ प्रिमियम मेटल बिल्डको साथ सस्तो ट्याब्लेटको रूपमा लन्च

Technology Khabar ३१ जेष्ठ २०८१, बिहीबार

ह्वावे मेटप्याड एसई ११ प्रिमियम मेटल बिल्डको साथ सस्तो ट्याब्लेटको रूपमा लन्च

काठमाडौं ।

ह्वावेले मेटप्याड एसई ११ नामक नयाँ बजेट ट्याब्लेट विश्वव्यापी रूपमा लन्च गरेको छ। ठूलो डिस्प्ले, लङ्ग ब्याट्री लाइफ र स्टाइलस सपोर्ट जस्ता फिचर्स (सुविधाहरू) प्रदान गर्दै गर्दा डिभाइसले किफायतीतातर्फ पनि ध्यान केन्द्रित गरेको छ।

ह्वावे मेटप्याड एसई ११ को स्पेसिफिकेसन्स

मेटप्याड एसई ११ मा पातलो र हलुका मेटल बडीको साथ प्रिमियम लुक रहेको छ। साथै यो ट्याब्लेट क्रिस्टल ब्लू (निलो) र नेबुला ग्रे (खैरो) गरी दुई रंगहरूमा आउँछ भने यसको मापन र तौल क्रमशः २५२.३ x १६३.८ x ६.९एमएम र ४७५ ग्राम छ।

यस ट्याब्लेटको डिस्प्ले एफएचडी+ रिजोल्युसन (१९२० x १२०० पिक्सेल) र ८५ प्रतिशत स्क्रिन–टु–बाडी रेसियो भएको ११ इन्चको टीएफटी एलसीडी (आईपीएस) प्यानल भएको जनाइएको छ। साथै स्क्रिनमा ४०० निट्स पीक ब्राइटनेस, १४००ः१ कन्ट्रास्ट रेसियो, १६.७ मिलियन कलर्स (रङ), १०० प्रतिशत एसआरजीबी कलर गामट र कफर्टेबल रिडिङ (पढ्नको लागि सहज) ईबुक मोड रहेका छन्।

ह्वावेले प्रोसेसरको बारेमा भने आधिकारिक रूपमा पुष्टि गरेको छैन्। यद्यपि, रिपोर्टहरूले यो किरिन ७१०ए वा स्न्यापड्रागन ६८० चिपसेट हुन सक्ने सुझाव दिएको छ।

त्यसैगरी ट्याब्लेट हार्मनीओएस २.० मा संचालन हुने जनाइएको छ भने यसले सिमलेस डाटा ट्रान्सफर र स्क्रिन सेयरिङ (साझेदारी) को लागि मल्टि–स्क्रिन कोल्याबोरेसन जस्ता फिचर्स (सुविधाहरू) प्रदान गर्ने उल्लेख छ।

साथै ट्याब्लेटको अन्य फिचर्स (सुविधाहरू) मा मल्टि–विन्डो, सुरक्षित र नियन्त्रित प्रयोगको लागि किड कर्नर र भिडियो कम्युनिकेसन (सञ्चार) को लागि मीटाइम कलिङ समावेश रहेका छन्। स्टोरेज अप्सन्स (भण्डारण विकल्पहरू) मा भने ६४ जीबी वा १२८ जीबी का साथ ४ जीबी, ६ जीबी, वा ८ जीबीको र्याम विकल्पहरू समावेश रहेका छन्।

मेटप्याड एसई ११ ले भिडियो कल र सेल्फीहरूको लागि भनेर ८ मेगापिक्सेलको रियर लेन्स र ५ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामराको साथ आधारभूत क्यामरा सेटअप सुविधा प्रदान गर्नेछ।

साथै ट्याब्लेटमा २२.५डब्ल्यू फास्ट (द्रुत) चार्जिङको लागि समर्थन सहित ७७०० एमएएच ब्याट्री प्याक समावेश गरिएको छ।

यसबाहेक, मेटप्याड एसई ११ ले राइटिङङ(लेखन), ड्रईङ्ग (चित्र बनाउने) र नोट–लिनका लागि भनेर एम–पेन लाइट स्टाइलसलाई पनि समर्थन गर्दछ।

ट्याब्लेटको कनेक्टिभिटी अप्सन्स (जडान विकल्पहरू) मा वाई–फाई (२.४ गीगाहर्ज र ५ गीगाहर्ज), ब्लुटुथ ५.१ र यूएसबी टाइप–सी पोर्ट समावेश रहेका छन्। ट्याब्लेटमा ग्राभिटि (गुरुत्वाकर्षण) सेन्सर, एम्बियन्ट लाइट सेन्सर, माइक्रोफोन, ह्वावे हिस्टेन ९.० अडियोको साथ क्वाड स्पिकर र यूएसबी ओटीजीको लागि समर्थन पनि समावेश रहेका जनाइएको छ।

Sajilo Visa

प्रकाशित: ३१ जेष्ठ २०८१, बिहीबार

ताजा समाचार