एप्पल इन्टेलिजेन्स नामक पर्सनलाइज्ड एआईले अडियो रेकर्डलाई ‘टेक्स्ट’मा रुपान्तरण गर्ने

Technology Khabar २९ जेष्ठ २०८१, मंगलवार

एप्पल इन्टेलिजेन्स नामक पर्सनलाइज्ड एआईले अडियो रेकर्डलाई ‘टेक्स्ट’मा रुपान्तरण गर्ने

काठमाडौं ।

एप्पलले आईओएस १८, आईप्याडओएस १८ र म्याकओएस सेक्वेएमा इन्टिग्रेट गरिएको पर्सनल इन्टेलिजेन्स सिस्टम ‘एप्पल इन्टेलिजेन्स’ लाई सन् २०२४ को वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी ) मा प्रस्तुत गरेको छ।

यसले एप्पल डिभाइसहरूमा इन्टेलिजेन्ट फिचर्स र अनुभवहरू प्रदान गर्न जेनेरेटिभ मोडलहरू र पर्सनल कन्टेक्स्ट (व्यक्तिगत सन्दर्भ) को लाभ उठाउने जनाइएको छ।

ए१७ प्रो, एम१, एम२, एम३ र एम४ सिरिजका चिप–पावर्ड (संचालित) एप्पल डिभाइसहरूका लागि उपलब्ध रहेको यो एप्पल इन्टेलिजेन्सले डिभाइसमा अन–डाटा प्रोसेसिङ मार्फत गोपनीयताको सुनिश्चित गर्दै नोटिफिकेसन्सलाई प्राथमिकता दिने र इमेलहरू व्यवस्थापन गर्ने जस्ता दैनिक कार्यहरूमा मद्दत गर्न पर्सनलाइज्ड एआई टुल्स प्रदान गर्दछ।

एप्पल इन्टेलिजेन्सः मुख्य फिचर्स

एप्पल इन्टेलिजेन्सको राइटिङ टुल्सले मल्टिपल भर्सन्सका साथ रिराइटिङ अप्सन्स (पुनः लेख्ने विकल्पहरू) समावेश गर्दछ भने साथै सबै एपहरूमा प्रूफरीडिङ र समराइजिङ टुल्स पनि इन्टिग्रेट गर्दछ।

मेल एपले स्मार्ट रिप्लाई सजेसन्सहरू र इनबक्सको टप (शीर्ष) मा प्राथमिकता इमेलहरू सतह गर्ने क्षमताबाट फाइदा लिनेछ।

इमेज क्रिएसनलाई इमेज प्लेग्राउन्डको साथ परिष्कृत गरिएको छ र जसले प्रयोगकर्ताहरूलाई स्केच, इलस्ट्रेसन (चित्रण), र एनिमेसन स्टाइल्स (शैलीहरू) मा इमेजहरू सिर्जना गर्न अनुमति दिन्छ।

जेनमोजी, प्रोफाईल पिक्चर्समा आधारित जेनेरेटिभ एआई इमोजीले रमाइलो तत्व थप्छ भने क्लिनअप टूलले फोटोहरूबाट अनावश्यक व्यक्ति र वस्तुहरू हटाउन मद्दत गर्नेछ।

साथै मेमोरीज फिचर (सुविधा) ले प्रयोगकर्ताहरूलाई सङ्ग सजेसन्स (गीत सुझावहरू) मिलाउनका लागि विवरणहरू टाइप गरेर भिडियो कथाहरू सिर्जना गर्न सक्षम बनाउँछ।

अडियो र ट्रान्सक्रिप्शनका लागि, नोट्स र फोन एपहरूले अब प्रयोगकर्ताहरूलाई अडियो रेकर्ड गर्न, ट्रान्सक्राइब गर्न र संक्षेप गर्न अनुमति दिने जनाइएको छ। फोन कल रेकर्ड गर्दा, सहभागीहरूलाई सूचित गरिने र कल समाप्त भएपछि एक सारांश प्रदान गरिने उल्लेख छ।

सिरीले नयाँ लुक, इम्प्रुभ्ड कन्टेक्स्ट रिटेन्सन र क्वेरिज टाइप गर्ने क्षमताको साथ महत्त्वपूर्ण सुधारहरू प्राप्त गरेको जनाइएको छ। यसका साथै, सिरीले अब धेरै प्राकृतिक भाषा बुझ्न सक्छ र अर्को वर्षमा अन–स्क्रिन अवेयरनेसका साथ एपहरू सञ्चालन गर्ने क्षमता प्राप्त गर्नेछ।

ओपनएआई सँगको इन्टिग्रेसन (एकीकरण) ले च्याटजीपीटीलाई मिक्समा ल्याएको छ र यो सिरीका साथै सिस्टमवाइड राइटिङ मार्फत पहुँचयोग्य हुनेछ। एप्पलले प्रयोगकर्ताहरूलाई च्याटजीपीटी प्रिमियम फिचर्स (सुविधाहरू) का लागि विकल्पहरू सहित, उनीहरूको अनुरोध र जानकारी लग नगरिने आश्वासन दिएको उल्लेख छ।

एप्पल इन्टेलिजेन्सका प्राविधिक पक्षहरूमा प्राइभेट (निजी) क्लाउड कम्प्युट समावेश छ, जसले प्रयोगकर्ताको डाटा भण्डार नगरी जटिल प्रश्नहरूको लागि सर्भर–आधारित मोडलहरू प्रयोग गर्दछ भने प्राइभेसी (गोपनीयता) र सेफ्टी (सुरक्षा) वाचाहरू पूरा भएको सुनिश्चित गर्न स्वतन्त्र भेरिफिकेसन प्रयोग गर्ने जनाइएको छ।

यद्यपि च्याटजीपीटी इन्टिग्रेसन भने यस वर्षको अन्त्यमा मात्र आउने अपेक्षा तरिएको छ र यो आईओएस १८ को प्रारम्भिक लन्चमा उपलब्ध नहुने अनुमान छ।

easy care

प्रकाशित: २९ जेष्ठ २०८१, मंगलवार