एप्पल आईफोन १५ र १५ प्रोमा चार्जिङ लिमिट अप्सन

Technology Khabar २९ जेष्ठ २०८१, मंगलवार

एप्पल आईफोन १५ र १५ प्रोमा चार्जिङ लिमिट अप्सन

काठमाडौं ।

एप्पलले आईओएस १८ अपडेटलाई आधिकारिक रूपमा वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स ‘डब्ल्यूडब्ल्यूडीसी२४’ (विकासकर्ता सम्मेलन) मा अनावरण गरेको छ।

नयाँ अपडेटको उल्लेखनीय विशेषताहरू मध्ये एक भनेको आईफोन १५ र आईफोन १५ प्रो प्रयोगकर्ताहरूको लागि थप चार्जिङ लिमिट अप्सन्स (चार्ज सीमा विकल्पहरू) को परिचय रहेको छ।

ब्याट्रीको जीवनचक्र बढाउने उद्देश्यले विद्यमान ८० प्रतिशत लिमिट (सीमा) को अतिरिक्त, प्रयोगकर्ताहरूले अब सुविधाजनक स्लाइडर नियन्त्रण मार्फत ८५ प्रतिशत, ९० प्रतिशत र ९५ प्रतिशत लिमिट (सीमा) हरू छनोट गर्न सक्नेछन्।

यस अघि, आईफोन १४ प्रो र पहिलेका मोडलहरू सिङ्गल ८० प्रतिशत चार्जिङ लिमिट अप्सन्स (सीमा विकल्प) मा सीमित थिए। साथै यो विस्तारित चार्ज लिमिट फिचर अहिलेको लागि आईफोन १५ र आईफोन १५ प्रो सिरिजहरूमा मात्र रहने छ।

त्यसैगरी एप्पलले आईफोन प्रयोगकर्ताहरूको लागि डेभलपर प्रिभ्यू बीटा अपडेट (आन्तरिक संस्करण नम्बरः २२ए५२८२एम) पनि जारी गरेको छ। पब्लिक (सार्वजनिक) बिटा अर्को महिना आउने अपेक्षा गरिएको छ भने यस वर्षको फलमा फुल सिस्टम (पूर्ण प्रणाली) रोलआउट हुने योजना रहेको छ।

easy care

प्रकाशित: २९ जेष्ठ २०८१, मंगलवार