एप्पल इन्टेलिजेन्स, युजर एक्सपिरियन्स इन्हान्समेन्टका साथ आईओएस १८ लन्च

Technology Khabar २९ जेष्ठ २०८१, मंगलवार

एप्पल इन्टेलिजेन्स, युजर एक्सपिरियन्स इन्हान्समेन्टका साथ आईओएस १८ लन्च

काठमाडौं ।

सन् २०२४ को वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) मा, एप्पलले आईओएस १८ बाट पर्दा हटाएको छ र यो चाँडै नै आईफोनहरूको विस्तृत दायराका लागि उपलब्ध हुने भएको छ।

साथै एप्पल प्रयोगकर्ताहरूका लागि प्रमुख घोषणाहरू मध्ये एक भनेको एप्पल इन्टिग्रेसनको आगमन हो, जुन कम्पनीको एआई–ड्रिभन फिचर्स (संचालित सुविधाहरू) को पुनरावृत्ति भएको थप उल्लेख गरिएको छ।

१. आईओएस १८ समर्थित आइफोनहरू
यसमा आइफोन १५ सिरिज, आइफोन १४ सिरिज, आइफोन १३ सिरिज, आइफोन १२ सिरिज, आइफोन ११ सिरिज, आइफोन एक्सएस, एक्सआर र एक्सएस म्याक्स समावेश छन्। साथै यो दोस्रो र तेस्रो पुस्ताको आईफोन एसई मोडलहरूको लागि पनि उपलब्ध हुनेछ। आईओएस १८ को मुख्य विशेषताहरु यहाँ छ।

२. आईओएस १८ की एन्हान्समेन्टः होम स्क्रिन, कन्ट्रोल सेन्टर, फोटोज एप, मेल
एप्पलको आईओएस १८ ले युजर एक्सपिरियन्स (प्रयोगकर्ता अनुभव) का विभिन्न पक्षहरूमा महत्त्वपूर्ण एन्हान्समेन्टहरू प्रस्तुत गर्दछ। होम स्क्रिनले अब प्रयोगकर्ताहरूलाई आइकनहरू र विजेटहरूलाई डार्क, टिन्टेड इफेक्टहरू र लार्जर (ठूला) साइजहरू सहितका नयाँ लुक्सका साथमा कुनै पनि ओपन स्पेस (खुला ठाउँ) मा एपहरू र विजेटहरू एरेन्ज (मिलाउन) गर्न अनुमति दिन्छ।

कन्ट्रोल सेन्टरलाई बारम्बार प्रयोग गरिने कन्ट्रोलहरूको सजिलो पहुँचको लागि भनेर पुनः डिजाइन गरिएको छ र थर्ड–पार्टी एप कन्ट्रोल्सहरूसँग पनि कस्टमाइजेबल (अनुकूलन योग्य) छ।

फोटोज एपले सबै तस्बिरहरूका लागि सिङ्गल, युनिफाइड भ्यू, नयाँ कलेक्सनहरू, हाइलाइटहरूका लागि क्यारोसेल भ्यू र गतिशील अनुभवका लागि अटो–प्लेइङ्ग कन्टेन्ट समावेश गर्दछ।

मेलले व्यावसायिक इमेलहरूको द्रुत स्क्यानिङको लागि नयाँ डाइजेस्ट भ्यूको साथ प्राथमिक, लेनदेन, अद्यावधिकहरू, र प्रचारहरूमा इमेलहरूलाई वर्गीकृत गर्दछ।

३. आईओएस १८ की एन्हान्समेन्टः मेसेजेस, सफारी, पासवर्ड्स एप, हेल्थ, प्राइभेसी
मेसेजेसहरूले अब सेलुलर वा वाई–फाई बिना टेक्स्टहरूलाई अनुमति दिँदै स्याटेलाइट कम्युनिकेशन (भूउपग्रह संचार) लाई समर्थन गर्दछ, र नयाँ टेक्स्ट इफेक्टहरू, फर्म्याट अप्सन्स, विस्तारित ट्यापब्याक्स, मेसेज सेड्युलिङ (सन्देश समय तालिका) र नन्–एप्पल डिभाइसहरूमा सन्देश पठाउनको लागि आरसीएस समर्थन प्रस्तुत गर्दछ।

सफारीले हाइलाइट फिचर्स प्रस्तुत गर्दछ जसले मुख्य वेबपेज इनफर्मेसनका साथै समरिज (सारांशहरू) र टेबल अफ कन्टेन्ट (सामग्रीहरूको तालिका) सहितको पुनः डिजाइन गरिएको रिडर मोडलाई सतहमा राख्नेछ।

नयाँ पासवर्ड्स एपले कमजोर, पुनः प्रयोग वा लीक भएका पासवर्डहरूका लागि अलर्टहरू सहित पासवर्डहरू, पासकीज, वाई–फाई पासवर्डहरू र भेरिफिकेसन (प्रमाणिकरण) कोडहरूलाई कन्सोलिडेट गर्दछ।

हेल्थ एण्ड सेफ्टी (स्वास्थ्य र सुरक्षा) अपडेटहरूले पुनः डिजाइन गरिएको मेडिकल आईडी, गर्भावस्था–सम्बन्धित डाटा व्यवस्थापन र आपतकालीन कलहरूको समयमा कन्टेक्स्ट सेयरिङ (सन्दर्भ साझेदारी) गर्नको लागि आपतकालीन एसओएस लाइभ भिडियो समावेश गर्दछ।

प्राइभेसीले अब फेस आईडी, टच आईडी, वा पासकोडको साथ एपहरू लक गर्न र लुकाउन अनुमति दिन्छ, एपहरूमा विशेष सम्पर्कहरू साझेदारी गर्न, र थर्ड–पार्टि एक्सेसरिज (तेस्रो–पक्ष सामानहरू) कनेक्ट (जडान) गर्नको लागि इम्प्रुभ्ड प्राइभेसी (सुधारिएको गोपनीयता) फिचर गर्दछ।

४. आईओएस १८ ले एप्पल इन्टेलिजेन्स, अतिरिक्त सुविधाहरू ल्याउँछ
एप्पल इन्टेलिजेन्सले रिराइटिङ, प्रूफरीडिङ, र समराइजिङ टेक्स्टका लागि राइटिङ टुल्स (लेखन उपकरणहरू), अफर गर्दछ भने एनिमेटेड, इलस्ट्रेटेड (चित्रित) वा स्केच ईमेजेस सिर्जना गर्न ईमेज प्लेग्राउन्डका साथै फोटोहरूबाट ध्यान भंग गर्ने वस्तुहरू हटाउनका लागि क्लिन अप टुल्स प्रदान गर्दछ।

सिरीलाई थप प्राकृतिक, प्रसङ्ग सान्दर्भिक प्रतिक्रियाहरूको लागि परिष्कृत गरिएको छ। यद्यपि एप्पल इन्टेलिजेन्स ए१७ प्रो–संचालित आईफोनहरूको लागि मात्र उपलब्ध हुनेछ। साथै एआई प्रणाली एम१, एम२, एम३ र एम४ चिप्स द्वारा संचालित म्याक्स र आईप्याडहरू सँग एकीकृत हुनेछ।

त्यसैगरी थप सुविधाहरूमा एप्पल म्याप्समा अफलाइन कस्टम वाकिङ रुट्स (हिड्ने मार्गहरू) र हाइक्स, कन्सिस्टेन्ट फ्रेम रेट्स र रेसपोनसिभ एक्सेसरिजका लागि गेम मोड, रिवार्ड रिडेम्पसन र किस्ताका विकल्पहरू सहित परिष्कृत एप्पल पे, डिभाइसहरूमा सेयर गरिएका म्यूजिक कन्ट्रोल (संगीत नियन्त्रण) को लागि शेयरप्ले र राम्रो कल गुणस्तर र निजीकृत स्पेसल अडियोको लागि एयरपड्स अद्यावधिकहरू समावेश छन्।

नोट्स एपले इन्सट्यान्ट इक्वेसन (तात्कालिक समीकरण) समाधानका लागि म्याथ (गणित) नोटहरू प्रस्तुत गर्दछ भने इम्प्रुभ्ड (सुधारिएको) क्यालेन्डर एपले रिमाइन्डरहरूबाट टास्क (कार्यहरू) एकीकृत गर्दछ। होम एपले अब ह्यान्ड्स–फ्री अनलकको साथ गेस्ट एक्सेस (पहुँच) प्रदान गर्दछ भने पहुँच अद्यावधिकहरूमा आई ट्र्याकिङ, म्यूजिक ह्याप्टिक्स र भोकल सर्टकटहरू समावेश छन्।

easy care

प्रकाशित: २९ जेष्ठ २०८१, मंगलवार