एप्पलले आईफोन १५ सिरिजको लागि पाँच वर्षसम्म सफ्टवेयर सपोर्ट प्रदान गर्ने

Technology Khabar २६ जेष्ठ २०८१, शनिबार

एप्पलले आईफोन १५ सिरिजको लागि पाँच वर्षसम्म सफ्टवेयर सपोर्ट प्रदान गर्ने

काठमाडौं ।

एप्पल आफ्नो आईफोनहरूको लागि लामो सफ्टवेयर सपोर्ट विन्डोजको लागि परिचित रहेतापनि कम्पनीले आधिकारिक रूपमा वर्षहरूको निश्चित संख्याको बारेमा भने वाचा गर्ने गरेको छैन।

यद्यपि एन्ड्रोइड संसारमा यो निकै फरक हुने गरेको र व्यावहारिक रूपमा सबै डिभाइस निर्माताहरूले कुनै न कुनै प्रकारको सफ्टवेयर सपोर्ट (समर्थन) को वाचा गर्ने गरेका छन्।

गुगल र सामसङ आ–आफ्नो सम्बन्धित फ्ल्यागशिपहरूको लागि सात वर्षको सपोर्टको प्रतिज्ञा गर्दै यसमा पूर्ण रूपमा अगाडि रहेका छन्।

यसै क्रममा एप्पललाई नयाँ बेलायती नियमहरूले आफ्नो आईफोन १५ परिवारको लागि न्यूनतम सपोर्ट विन्डो घोषणा गर्न बाध्य पारेको हुनाले कम्पनीले विशेष गरी आईफोन १५ प्रो म्याक्सका लागि पाँच वर्षको सपोर्ट प्रदान गर्ने भएको छ। तर, यो मुख्य प्रतिस्पर्धी मानिएको एन्ड्रोइडहरूको भन्दा दुई वर्ष कम हो।

विगतमा कम्पनीले पाँच वर्षभन्दा माथिका लागि सपोर्ट प्रदान नगरेको तर अहिले कम्पनीलाई उक्त अवधिभन्दा थप अवधि  समेत लम्ब्याउन सक्नेछ।साथै एप्पलले उपलब्ध गराउने  यो पाँच वर्षसम्मलाई न्यूनतम अवधिको रुपमा लिईएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २६ जेष्ठ २०८१, शनिबार

ताजा समाचार