शाओमी रेडमी १३ फोरजी हेलियो जी९१ अल्ट्रा र १०८ मेगापिक्सेल क्यामराको साथ लन्च

Technology Khabar २४ जेष्ठ २०८१, बिहीबार

शाओमी रेडमी १३ फोरजी हेलियो जी९१ अल्ट्रा र १०८ मेगापिक्सेल क्यामराको साथ लन्च

काठमाडौं ।

शाओमीको रेडमी १३ सिरिजमा नयाँ रेडमी १३ फोरजी थपिएको छ। गत वर्षको रेडमी १२ को उत्तराधिकारीको रुपमा आएको यो नयाँ रेडमी १३ फोरजीमा नयाँ मिडियाटेक हेलियो जी९१ अल्ट्रा चिपसेट र १०८ मेगापिक्सेलको मुख्य क्यामरा जस्ता अपग्रेडहरू समावेश छन्।

रेडमी १३ फोरजीमा एफएचडी प्लस रिजोल्युसन र ९० हर्ज रिफ्रेस रेटको साथ आफ्नो पूर्ववर्तीको जस्तै ६.७९ इन्चको आईपीएस एलसीडी फिचर गरिएतापनि स्क्रिनमा १३ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा एम्बेड गरिएको छ।

त्यसैगरी यसमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, आईपी ५३ पानी र धुलो प्रतिरोधक साथै र ३३ वाट चार्जिङ सहितको ५,०३० एमएएच ब्याट्री समावेश गरिएको उल्लेख छ। यसबाहेक, सफ्टवेयरमा एन्ड्रोइड १४ मा आधारित शाओमी हाइपरओएस रहेको छ।

रेडमी १३ फोरजी नीलो, कालो र गुलाबी रंगहरूमा आएको जनाइएको छ। यसको ६/१२८ जीबी संस्करणको मूल्य १९९.९९ यूरोबाट सुरु हुन्छ भने ८/२५६जीबी ट्रिमको मूल्य २२९.९९ यूरो रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: २४ जेष्ठ २०८१, बिहीबार