आईफोन फोल्ड सन् २०२७ सम्ममा आउन सक्ने विश्लेषकहरूको भनाई

Technology Khabar २३ जेष्ठ २०८१, बुधबार

आईफोन फोल्ड सन् २०२७ सम्ममा आउन सक्ने विश्लेषकहरूको भनाई

काठमाडौं ।

फोल्डेबल स्मार्टफोनको बजार समग्र स्मार्टफोन बजारको तुलनामा धेरै तीव्र गतिमा बढिरहेको छ। त्यसैले गर्दा आगामी केही वर्षहरूमा फोल्डेबल आईफोनहरु आउँदैछ भन्ने बारेमा कयौं अफवाहहरू सुन्नमा आइसकेका छन्।

यसैक्रममा ट्रेन्डफोर्सको नयाँ रिपोर्टले एप्पलले “सन् २०२७ अघि फोल्डेबल फोन रिलिज गर्ने सम्भावना नभएको” जनाएको छ। कम्पनीको “क्रिज र रिलाएबिलिटिका लागि कडा आवश्यकताहरू” सँग सम्बन्धित कारणले गर्दा ढिलाई हुने उल्लेख गरेको छ।

सामसङको विपरीत एप्पल आफ्नो फोल्डिङ स्क्रिन खोल्दा कुनै पनि क्रिज नहोस् भन्ने चाहेको रिपोर्टमा भनिएको छ। साथै “रिलाएबिलिटि” (भरपर्दो) को अर्थ जेपनि हुन सक्ने र एप्पल आफ्नो फोल्डिङ मेकानिज्मले धेरै भन्दा धेरै वर्षसम्म काम गरोस् भन्ने चाहनामा रहेको छ।

एप्पलले आफ्नो पहिलो आईफोन फोल्डको लागि “कम्पोनेन्ट स्पेसिफिकेसन्स र पर्फमेन्सको मूल्याङ्कन गरिरहेको” र यसले गर्दा अझ थप समय लाग्नसक्ने ट्रेन्डफोर्सका विश्लेषकहरूले बताएका छन्।

एप्पलको फोल्डेबल स्मार्टफोन सन् २०२७ मा मात्र लन्च हुने हो भने त्यसको वास्तविक विकास सम्भवतः अर्को वर्षको सुरुवातमा मात्रै हुने र एप्पलका आपूर्तिकर्ताहरूको लागि यस स्मार्टफोनका लागि आवश्यक पर्ने सबै सटीक स्पेसिफिकेसनहरूसँग जुटाउनका लागि थप समय उपलब्ध हुनेछ।

यस बीचमा, ह्वावे यस वर्षको पहिलो त्रैमासिकमा फोल्डेबल डिभाइसतर्फ विश्वव्यापीरूपमा सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड बन्दै पहिलो स्थानमा रहेको सामसङलाई पछि पारेर आफू नम्बर १ बनेको छ। यद्यपि कोरियाली कम्पनीले अर्को महिना आफ्नो आगामी ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप ६ को लन्च पछि पहिलो स्थानमा फर्कन सक्ने सम्भावना छ।

त्यसैगरी, ह्वावेले यस वर्षको तेस्रो त्रैमासिकको जुलाई र सेप्टेम्बरको बीचमा विश्वको पहिलो ट्राइ–फोल्ड स्मार्टफोन लन्च गर्ने तयारी रहेको हुँदा यसले सामसङको रौनकहरूलाई समस्यामा पार्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: २३ जेष्ठ २०८१, बुधबार