आईफोन १६ प्रो र आईफोन १५ प्रो बीच डिजाइन अपग्रेडहरूको भिन्नता देखाउने तस्बिर लीक

Technology Khabar २० जेष्ठ २०८१, आईतवार

आईफोन १६ प्रो र आईफोन १५ प्रो बीच डिजाइन अपग्रेडहरूको भिन्नता देखाउने तस्बिर लीक

काठमाडौं ।

आईफोन १६ प्रो लाई १५ प्रोसँग तुलना गर्दै आईफोन १६ प्रो को नयाँ लीकको साथ भरपर्दो एप्पल लीकर माजिन बु फेरि आएका छन्।

टिपस्टरले आईफोन १५ प्रो सँगै डमी आईफोन १६ प्रो को नयाँ तस्बिरहरू साझा गरेका छन्। साझा गरिएका तस्बिरहरूमा दुई मोडलहरू बीच स्क्रिन साइजमा सबैभन्दा उल्लेखनीय रुपमा भिन्नता भएको जस्तो देखिने उल्लेख छ।

आईफोन १६ प्रोमा ६.३ इन्चको डिस्प्ले रहने अपेक्षा गरिएको छ भने आईफोन १५ प्रो मा ६.१ इन्चको डिस्प्ले रहेको छ। साथै स्क्रिन साइजमा हुने उक्त वृद्धिले अलि बढी विस्तारित भ्यूईङ एक्सपिरियन्स प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी आईफोन १६ प्रोमा स्लिमर बेजेलहरू रहने अघिल्लो लीकले सुझाव दिएको छ भने उक्त अफवाह बोर्डर रिडक्सन स्ट्रक्चर (बीआरएस) प्रविधिबाट आएको उल्लेख छ। यद्यपि, लीक गरिएको डमीमा फङ्गसनल स्क्रिन नभएको हुनाले यस विवरणलाई निश्चित रूपमा पुष्टि गर्न असम्भव भएको बताईएको छ।

यसबाहेक, क्यामरा प्रणालीमा पनि प्रमुख सुधार गरिएको जस्तो देखिएको उल्लेख छ। साथै आईफोन १६ प्रोमा आईफोन १५ प्रोको तुलनामा ठूलो सेन्सर रहने चर्चा पनि रहेको छ।

त्यसैगरी लीकले थप महत्त्वपूर्ण रूपमा दुई नयाँ क्यामराहरूको समावेश तर्फ औंल्याएको छ। लीक अनुसार आईफोन १६ प्रोमा ५ एक्स अप्टिकल जुम सहितको १२ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स र ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा रहने उल्लेख गरिएको छ। साथै यी अपग्रेडहरूले आईफोन १६ प्रो लाई सन् २०२४ को लागि उत्कृष्ट क्यामरा फोन सूचीहरूको शीर्षमा पुर्याउन सक्ने अनुमान छ।

यसबाहे, लीक भएका तस्बिरहरूले एक डेडिकेटेड क्याप्चर बटन पनि रहेको खुलासा गरेको छ। यो बटनले परम्परागत क्यामरा शटर बटनको एक्सपिरियन्सको नक्कल गर्दै टच सेन्सेटिभिटीसहितको फिजीकल प्रेस कम्बाइन गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी यसले जुम कन्ट्रोल जस्ता अतिरिक्त कार्यक्षमता पनि प्रदान गर्न सक्नेछ।

यी परिवर्तनहरूको बावजुद, समग्र डिजाइन भने आईफोन १५ प्रोको जस्तै रहने देखिएको छ। त्यसैगरी स्क्रिन र क्यामरा अपग्रेडहरू बाहेक, आईफोन १६ प्रोमा अझ शक्तिशाली चिप र थोरै ठूलो ब्याट्री क्षमता प्याक गर्ने अपेक्षा गरिएको गीज्मोचाइनाले रिपोर्टमा भनेको छ।

Sajilo Visa

प्रकाशित: २० जेष्ठ २०८१, आईतवार