मोटोरोला रेजर ५० अल्ट्राको फुल स्पेसिफिकेशन्स टीईएनएए सर्टिफिकेशनमा देखियो

Technology Khabar १९ जेष्ठ २०८१, शनिबार

मोटोरोला रेजर ५० अल्ट्राको फुल स्पेसिफिकेशन्स टीईएनएए सर्टिफिकेशनमा देखियो

काठमाडौं ।

मोटोरोलाको भ्यानिला भाइ रेजर ५० स्मार्टफोनलाई चिनियाँ नियामकले प्रमाणित गरेको केही दिनपछि मोटोरोला रेजर ५० अल्ट्रा टीईएनएएमा देखा परेको छ। प्रिमियम डिभाइसको रूपमा आइपुग्ने भनिएको यो स्मार्टफोनको क्ल्यामशेल ३ गीगाहर्ज सीपीयूसँग सूचीबद्ध रहेको र सम्भवतः स्न्यापड्रागन ८ एस जेन ३ चिपसेटको अंश भएको उल्लेख छ।

मोटोरोला रेजर ५० अल्ट्राको भित्रको भागमा रहेको स्क्रिन १०८० पी रिजोल्युसनसहितको ६.९ इन्चको ओएलईडी र त्यसमा १२० हर्जको रिफ्रेस रेट हुनसक्नेछ। साथै यसलाई रेजर ४० अल्ट्रासँग तुलना गर्दा, कभर स्क्रिनको आकारमा थोरै वृद्धि गरिएको र अब यो ४ इन्चको प्यानल हुनुका साथै क्यामरा लेन्स र एलईडी फ्ल्यासको वरिपरि फैलिएको हुनेछ।

मोटोरोला रेजर ५० अल्ट्राको पछाडि रहेका दुवै शूटरहरू ५० मेगापिक्सेलको रूपमा सूचीबद्ध छन् जुन सम्भवतः मुख्य र पोर्ट्रेट क्यामराहरू हुनसक्ने जनाइएको छ। साथै पोर्ट्रेट क्यामरामा २एक्स अप्टिकल जुमको अपेक्षा गरिएको छ। त्यसैगरी भित्री भागमा रहेको क्यामरा ३२ मेगापिक्सेल भएको र त्यो पञ्च होल पछाडि अवस्थित रहने छ।

मोटोरोला रेजर ५० अल्ट्रामा ४,००० एमएएच ब्याट्री हुनेछ भने यसमा फिंगरप्रिन्ट स्क्यानर पनि रहने जनाइएको छ। मोटोरोलाले फोनलाई ८/१२/१६/१८ जीबी गरी चार ओटा र्याम विकल्पहरू र १२८/२५६/५१२ जीबी र १ टिबी गरी चार ओटा स्टोरेज (भण्डारण) भेरियन्टहरूका साथ फाइल गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १९ जेष्ठ २०८१, शनिबार