चिनियाँ बजारमा अप्रिलमा आईफोन बिक्रीमा उल्लेखनिय वृद्धि

Technology Khabar १८ जेष्ठ २०८१, शुक्रबार

चिनियाँ बजारमा अप्रिलमा आईफोन बिक्रीमा उल्लेखनिय वृद्धि

काठमाडौं ।

केही हप्ता अघि टिम कुकले चीन लगायत केही बजारहरूमा आईफोनको बिक्री बढ्ने भविष्यवाणी गरेकोमा हाल उनको भविष्यवाणी सही भएको छ। विदेशी–ब्रान्डका स्मार्टफोनहरूको ढुवानी अप्रिलमा ५२ प्रतिशतले बढेको चाइना एकेडेमी अफ इन्फर्मेसन एण्ड कम्युनिकेसन्स टेक्नोलोजी (सीएआईसीटी) को एक रिपोर्टले चीनमा धेरैजसो विदेशी–ब्रान्डका फोनहरूको पछाडि एप्पलको लोगो रहेको उल्लेख गरेको छ।

आईफोन ढुवानीले गत महिना ठूलो वृद्धि देखेको र फलस्वरूप मार्च महिनाको ढुवानीमा १२ प्रतिशतको वृद्धिको साथ राम्रो सुधार भएको जनाइएको छ। सन् २०२४ को पहिलो दुई महिनामा एप्पलले उल्लेखनीय रुपमा ३७ प्रतिशतको गिरावट रेकर्ड गरेपछिको यो एक पुनरुत्थान भएको बताईएको छ।

साथै यो परिवर्तनको श्रेय एप्पलले प्रदान गर्दै आएको प्रमुख छुटहरूलाई दिइएको छ भने जसमा चयन गरिएका मोडलहरूमा २,३०० चिनियाँ युआन (३२० अमेरिकी डलर) सम्म छुटहरू प्रदान गरिएको छ। यी छुटहरूले मे महिनामा आईफोनको बिक्रीलाई माथि बढाउन जारी राख्ने उल्लेख गरिएको छ।

ह्वावेले पुरा ७० सिरिजलाई स्थानीय बजारमा ल्याएपछि उक्त भारी छुट सुरु भएको हो। साथै ह्वावे एप्पललाई पछि पार्दै आफ्नो पुरानो सहायक कम्पनी अनर पछि अब चीनको दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ।

सीएआईसीटीको संख्यामा आधारित, यस अप्रिल महिनामा चीनमा विदेशी ब्रान्डका स्मार्टफोनहरूको कुल ३.४९५ मिलियन युनिटहरू थिए, जुन गत वर्ष अप्रिल महिनाको २.३०१ मिलियन भन्दा बढि भएको उल्लेख छ। साथै यो अप्रिल महिनामा बिक्री गरिएका कुल २२.७ मिलियन स्मार्टफोनहरूबाट (वर्षको तुलनामा २५.५प्रतिशत वृद्धि) भएको उल्लेख छ।

बलियो सुरुवातको बावजुद, चीनमा आईफोन १५ सिरिजको बिक्री १४ सिरिजको भन्दा कमजोर भएको जनाइएको छ। साथै अब आईफोन १६ सिरिज आउन केही महिना मात्र बाँकी रहेको र यसले चाँडै धेरै सुधारहरुका साथ कब्जा गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १८ जेष्ठ २०८१, शुक्रबार

ताजा समाचार