एनसेलले ६ देशका लागि अन्तर्राष्ट्रिय डाटा रोमिङ शुल्क घटायो

Technology Khabar १७ जेष्ठ २०८१, बिहीबार

एनसेलले ६ देशका लागि अन्तर्राष्ट्रिय डाटा रोमिङ शुल्क घटायो

काठमाडौं ।

एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिंदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डाटा सेवा प्रयोग गर्न सक्छन्।

आम मानिसलाई मोबाइल डाटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डाटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ।

एनसेलले दैनिक डाटा रोमिङ शुल्क घटाईएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन्। परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो।

यो डाटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरु पाइन्छ र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु आवश्यकता पर्दैन।

डाटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले करसहित दैनिक मात्र रु. ७९.८८ मा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डाटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन्। यो शुल्क यस अघिको दैनिक रु. १९०.१८ को तुलनामा ५८ प्रतिशतले कम हो।

त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरुले कर सहित मात्र रु १९०.१८ मा प्रति दिन डाटा सेवाको फाइदा लिन सक्छन्। परिमार्जन अघि यी गन्तव्यहरुमा दैनिक डाटा रोमिङको शुल्क रु. ६३३.९३ रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ।

कम्पनीकाअनुसार ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानु भन्दा अधि वा विदेश पुगिसकेपछि पनि सुचारु गर्न सक्छन्। एनसेलको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशहरुमा उपलब्ध रहेको जनाएको छ।

easy care

प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार

ताजा समाचार