एप्पलको डेभलपर्स कन्फ्रेन्स जून १० तारिखमा हुने, आईओएस १८ का साथ एआईमा फोकस

Technology Khabar १७ जेष्ठ २०८१, बिहीबार

एप्पलको डेभलपर्स कन्फ्रेन्स जून १० तारिखमा हुने, आईओएस १८ का साथ एआईमा फोकस

काठमाडौं ।

एप्पलले आगामी जुन महिनाको १० तारिखमा आफ्नो एनुअल डेभलपर्स कन्फ्रेन्स–डब्ल्यूडब्ल्यूडीसी २०२४ आयोजना गर्ने भएको छ।

कम्पनीले आफ्नो वार्षिक विकासकर्ता सम्मेलन एप्पल पार्कमा आयोजना गर्ने र स्थानीय समय (प्यासिफिक डेलाइट टाइम पीडीटी) अनुसार बिहान १० बजे सुरु हुने जनाइएको छ।

उक्त सम्मेलनमा आईओएस १८ प्रस्तुत गर्नुका साथै एप्पलले आफ्ना प्रडक्टहरूमा एआईलाई कसरी एकीकृत गर्ने योजना बनाएको छ भनेर प्रदर्शन गर्ने अपेक्षा पनि गरिएको छ। यसबाहेक उक्त सम्मेलनमा आगामी म्याकओएस, आईप्याडओएस, वाचओएस, र भिजनओएस संस्करणहरूको बारेमा पनि जानकारी दिने अपेक्षा छ।

त्यसैगरी एप्पलले एम४–पावर्ड (संचालित) आईप्याड एयर र आईप्याड प्रो ट्याब्लेटहरूमा एआई–आधारित कार्यहरूका लागि मेसिन–लर्निङ क्षमताहरू सुधार गर्ने भएकाले केही डिभाइसहरूमा जेनेरेटिभ एआई फिचर गरिने उल्लेख छ।

त्यस्तै, सबैको प्रतिक्षामा रहेको आईओएस १८ लाई “आईओएस इतिहासमा सबैभन्दा ठूलो ‘ओभरहल’हरू मध्ये एक” भनेर प्रचारित गरिएको छ। सफारी, फोटोहरू र नोटहरू एआई– पावर्ड (संचालित) हुने अपेक्षा गरिएको छ भने सिरी र स्मार्ट रिक्याप नोटिफिकेसन पनि सुधार गरिने छ।

साथै केही अफवाहहरूले आईओएस १८ मा च्याटजीपीटी लागू गर्नका लागि ओपनएआईसँग सहकार्य गर्ने अनुमान गरेको भएपनि एप्पलले इन–हाउस (आफ्नै) नै काम गर्ने सम्भावना बढी देखिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

easy care

प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार