ग्यालेक्सी एस२५ अल्ट्राको क्यामरा स्पेक्स बाहिरियो, टेलिफोटो र अल्ट्रावाइड सेन्सरमा प्रमुख अपग्रेड हुने

Technology Khabar १७ जेष्ठ २०८१, बिहीबार

ग्यालेक्सी एस२५ अल्ट्राको क्यामरा स्पेक्स बाहिरियो, टेलिफोटो र अल्ट्रावाइड सेन्सरमा प्रमुख अपग्रेड हुने

काठमाडौं ।

सामसङको ग्यालेक्सी एस२५ सिरिज अनावरण हुनका लागि अझै केहि समय बाँकी छ। सामसङको ग्यालेक्सी फोल्डेबल पनि रिलीजको तयारिमा रहेको छ। यद्यपि ग्यालेक्सी एस२५ सिरिजको बारेमा विभिन्न आन्तरिक जानकारीहरु धमाधम बाहिरिन थालेका छन्। यसै क्रममा, हालैको एक लीकले ग्यालेक्सी एस२५ अल्ट्राको क्यामरा स्पेसिफिकेसनहरूको बारेमा खुलासा गरेको छ।

एस २५ अल्ट्राले आफ्नो पूर्ववर्तीहरूबाट क्वाड–क्यामरा सेटअप कायम राख्नेछ भने दुई प्रमुख अपग्रेडहरू पनि प्रस्तुत गर्ने, एक भरपर्दो ‘लीकर’ आइस युनिभर्सले बताएका छन्।

सामसङको उक्त फोनमा २००एमपी प्राइमरी क्यामरा, ५०एमपी अल्ट्रावाइड सेन्सर, ३ एक्स अप्टिकल जुम सहितको ५० एमपी टेलिफोटो लेन्स र ५एक्स अप्टिकल जुम सहितको ५० एमपी सुपर–टेलीफोटो लेन्स समावेश गरिने टिपस्टरले रिपोर्टमा उल्लेख गरेको छ। साथै यस रिपोर्टले अब अल्ट्रावाइड र एक टेलिफोटो लेन्सले सुधारहरू प्राप्त गर्ने सुझाव दिएको छ।

ग्यालेक्सी एस२५ अल्ट्राको तुलनामा, ग्यालेक्सी एस२४ अल्ट्रामा १२एमपी अल्ट्रावाइड लेन्स र ३ह अप्टिकल जुमसहितको १० एमपी टेलिफोटो लेन्स रहेको जनाइएको छ। यद्यपि मुख्य र सुपर–टेलिफोटो सेन्सरहरू भने क्रमशः २००एमपी र ५० एमपी रिजोल्युसनहरूमा समान (उस्तै) रहेको उल्लेख गरिएको छ।

यसबाहेक सामसङले एस२५ अल्ट्रालाई मात्र तीन ओटा क्यामराहरुको साथ ल्याउन सक्ने अघिल्लो लीकहरुले भनेका थिए। त्यसकारण, ग्यालेक्सी एस२५ अल्ट्राले यसको क्वाड–क्यामरा सेटअप कायम राख्ने अनुमान गरिएको छ।

यद्यपि टिपस्टरले उल्लेख नगरे तापनि एस२५ अल्ट्राले नयाँ २००एमपी सेन्सर पनि प्रयोग गर्ने अफवाह रहेको छ, साथै यसको आकार लगभग १ इन्चको नजिक रहने भप उल्लेख गरिएको छ। यदि यो अफवाह सही भएको खण्डमा भने, एस२५ अल्ट्राले यसको क्यामरा क्षमताहरूमा महत्त्वपूर्ण हार्डवेयर अपग्रेडहरू देख्नेछ।

त्यसैगरी डिजाइन परिवर्तनहरू न्यून हुन सक्ने भए तापनि एस२५ अल्ट्रामा नयाँ स्न्यापड्रागन ८ जेन ४ प्रोसेसर र एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ सँग आउने आशा गर्न सकिने गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

easy care

प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार