ईलेक्ट्रिक भेहिकलमा सरकारले बढायो राजस्व, कति क्षमताको इभीमा कति दर ?

Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार

ईलेक्ट्रिक भेहिकलमा सरकारले बढायो राजस्व, कति क्षमताको इभीमा कति दर ?

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडी (ईलेक्ट्रिक भेहिकल) मा राजस्व बढाएको छ। यसका साथमा, आयात हुने विद्युतीय गाडीमा अन्तःशुल्क र भन्सार दर दुबैमा परिवर्तन भएको हो।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद बैठकमा पेश गरेको आर्थिक विधेयक २०८१ मार्फत ईभीमा लाग्दै आएको करमा हेरफेर गरेका हुन्।

नयाँ कर नीतिअनुसार सरकारले ५० किलोवाटसम्मको मोटर क्षमताका ईभीमा भन्सार बढाएको छ भने अन्तःशुल्क समेत लगाउने छ। ५० किलोवाटसम्मको ईभीमा १० प्रतिशत रहेको भन्सार महसुल १५ प्रतिशत पुर्याइएको छ भने ५ प्रतिशत अन्तःशुल्क पनि लगाइने छ।

यसैगरी ५० देखि १०० किलोवाट मोटर क्षमता भएका ईभीमा भन्सार र अन्तःशुल्क समान ५ प्रतिशतले बढाइएको छ। यसअघि यस्तो ईभीमा अनएसेम्बल्ड अन्तःशुल्क नलाग्ने व्यवस्था रहेकोमा अब १५ प्रतिशत लाग्ने छ भने सोही क्षमताका अनएसेम्बल्ड र अन्य दुवैमा भन्सार १५ प्रतिशतबाट २० प्रतिशत पुर्याइएको छ।

१०० देखि २०० किलोवाट क्षमतायुक्त ईभीमा भन्सार १० प्रतिशतले बढेको छ। तर यसमा अन्तःशुल्कमा कुनै परिवर्तन भएको छैन्। सोही अनुसारको अनएसेम्बल्ड ईभीमा सरकारले अन्तःशुल्क २० प्रतिशत लगाएको छ।

यस्तै, १०० देखि २०० किलोवाट मोटर क्षमतायुक्त ईभीको भन्सार महसुल भने ३० प्रतिशत पुर्याईएकोछ भने  २०० किलोवाटभन्दा माथिका गाडीको  भन्सार बढाएर अन्तःशुल्क घटाईएको छ।

२०० किलोवाटभन्दा बढीको मोटर क्षमता भएका ईभीमा भन्सार ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याएको छ भने अन्तःशुल्क १० प्रतिशत घटेको छ।

३०० किलोवाटभन्दा धेरै मोटर क्षमता भएका ईभीको भन्सार महसुल ६० बाट ८० प्रतिशत पुगेकोछ भने अन्तःशुल्क घटेर ५० प्रतिशतमा झरेको छ।

सामान ढुवानी गर्ने ईभीमा पनि सरकारले अन्तःशुल्क लगाउने भएको छ ।

अर्कोतर्फ सरकारले १० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार दर पुर्याएको छ। सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ। यसमा यसअघि अन्तःशुल्क लगाइएको थिएन।

easy care

प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार