बजेटमार्फत एक अर्ब रुपैयाँको नेपाल स्टार्टअप कोष घोषणा

Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार

बजेटमार्फत एक अर्ब रुपैयाँको नेपाल स्टार्टअप कोष घोषणा

काठमाडौं ।

सरकारले स्टार्अप र नवप्रवर्तनको इको सिस्टम विकास गर्ने र स्टार्टअप उद्यमीलाई सहजीकरण गर्न स्टार्टअप बोर्ड गठन गर्ने भएको छ।

यसैगरी स्टार्टअपलाई प्रवर्दन गर्न १ अर्ब रुपैयाँको नेपाल स्टार्टअप कोष समेत खडा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै उनले बैंक तथा वित्तीय क्षेत्रबाट नवप्रवर्तनमा कर्जा तथा लगानी गर्ने नीति लिने बताए।

प्रत्येक प्रदेशमा बिजनेस इन्क्यूबेसन सेन्टर खोलिने भएको छ। भने प्राइभेट इक्यूटी र भेन्चर क्यापिटललाई शेयर बजारमा लगानी गराउने नीति ल्याउने भएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार

ताजा समाचार