पोको एफ६ र एफ६ प्रो विश्वव्यापी बजारमा लन्च

Technology Khabar १२ जेष्ठ २०८१, शनिबार

पोको एफ६ र एफ६ प्रो विश्वव्यापी बजारमा लन्च

काठमाडौं ।

पोकोले विश्व बजारमा एफ६ सिरिजका स्मार्टफोनहरू सार्वजनिक गरेको छ। यस सिरिजमा पोको एफ६ र पोको एफ६ प्रो समावेश रहेको छ।

यद्यपि, भारतीय बजारले भने स्ट्याण्डर्ड (मानक) मोडल मात्र पाउने उल्लेख गरिएको छ। पोकोको एफ ६ र एफ ६ प्रो चीनमा उपलब्ध हुने रेडमी टर्बो ३ र रेडमी के७० प्रो को रिब्रान्डेड भेरियन्टहरू हुन्।

यसबाहेक, पोको फोनहरू रेडमी डिभाइसहरुको रिब्याज गरिएका संस्करणहरू भएको बताईएको छ।

पोको एफ६ सिरिजको स्पेसिफिकेसन्स र फिचर्स

पोको एफ६ र एफ६ प्रो मा फिङ्गरप्रिन्ट स्क्यानर र १२० हर्ज रिफ्रेस रेट इन्टिग्रेट गरिएको ६.६७ इन्चको ओएलईडी डिस्प्ले रहेको छ। पोको एफ६ मा १.५के रिजोल्युसन र २,४०० निट्स पीक ब्राइटनेस रहेको छ भने एफ ६ प्रो मा ४,००० निट्स पीक ब्राइटनेसको साथ टूके रिजोलुसन रहेको छ।

त्यसैगरी स्क्रिनलाई गोरिल्ला ग्लास भिक्टसद्वारा सुरक्षित गरिएको छ भने दुबै फोनमा फ्ल्याट फ्रेम रहेको छ। साथै स्ट्याण्डर्ड (मानक) मोडलमा दुईओटा प्रोट्रुडिङ क्यामरा रिङ रहेको छ। प्रो मोडेलमा आयाताकार आइल्याण्ड डिजाइन रहेको उल्लेख छ।

पोको एफ६ मा ५० मेगापिक्सेलको सोनी एलवाईटी–६०० ओआईएस–सक्षम मुख्य सेन्सर र ८ एमपी अल्ट्रा–वाइड–एंगल लेन्सको साथमा डुअल रियर क्यामरा सेटअप रहेको छ।

त्यसैगरी, के७० प्रो मा ५०एमपी ओआईएस मुख्य लेन्स, २एमपी म्याक्रो युनिट र १२एमपी अल्ट्रा–वाइड–एंगल सेन्सर समावेश गरी ट्रिपल रियर क्यामराहरू रहेका छन्। यसबाहेक स्ट्याण्डर्ड (मानक) र प्रो मोडलहरूमा २० एमपी र १६ एमपी सेल्फी स्न्यापर पनि रहेका छन्।

दुबै फोनहरू एआई फिचर्स जस्तै अब्जेक्ट इरेजरलगायतका फिचरका साथ आउँछन्।

पोको एफ ६ एक स्न्यापड्रागन ८ एस जेन ३ प्रोसेसरद्वारा संचालित छ। भने एफ६ प्रो स्न्यापड्रागन ८ जेन २ ले सुसज्जित रहेको उल्लेख छ। पोको एफ ६ मा १२जीबी र्याम र ५१२ जीबी स्टोरेज छ भने प्रो मोडलमा १६ जीबी र्याम र १टीबीस्टोरेज (भण्डारण) रहेको छ।

साथै अनबोर्डमा हिट डिसिपेसन प्रणाली पनि रहेको जनाइएको छ। पोको एफ६ डुओमा ५,००० एमएएच ब्याट्री युनिट रहेको उल्लेख छ। स्ट्याण्डर्ड भेरियन्ट र प्रो मोडलले क्रमशः ९०वाट र १२० वाट चार्जिङलाई समर्थन गर्ने छ। सफ्टवेयरको सन्दर्भमा, पोको एफ ६ सिरिज हाइपरओएसमा आधारित एन्ड्रोइड १४ का साथ सिपिङ्ग हुनेछ।

विश्वव्यापी बजारहरूका लागि, पोको एफ ६ लाइनको मूल्य ३७९ अमेरिकी डलर र ४२९ मूल्य अमेरिकी डलर कायम गरिएको छ। एफ ६ प्रोको १२जीबी प्लस २५६जीबी र १२जीबी प्लस ५१२जीबी भेरियन्टहरूको मूल्य क्रमशः ४९९ अमेरिकी डलर र ५४९ अमेरिकी डलर पर्ने जनाइएको छ।

उच्चतम १६जीबी प्लस १ टीबी विकल्पको लागि भने ६२९ अमेरिकी डलरको मूल्य ट्याग कायम गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: १२ जेष्ठ २०८१, शनिबार