रेडमी प्याड प्रो ट्याब्लेट लन्च, स्न्यापड्रागन ७ एस जेन २ चिपसेट, १२.१ इन्च डिस्प्ले

Technology Khabar ११ जेष्ठ २०८१, शुक्रबार

रेडमी प्याड प्रो ट्याब्लेट लन्च, स्न्यापड्रागन ७ एस जेन २ चिपसेट, १२.१ इन्च डिस्प्ले

काठमाडौं ।

गत महिना शाओमीले चीनमा ठूलो डिस्प्ले र स्न्यापड्रागन ७ एस जेन २ प्रोसेसर समावेश गरी रेडमी प्याड प्रो प्रस्तुत गरेको थियो। यो ट्याब्लेटलाई पोको प्याडको रूपमा विश्वव्यापी रूपमा लन्च गरिने अनुमान गरिएको थियो। तर शाओमीले युरोपेली बजारमा रेडमी प्याड प्रो सार्वजनिक गरेर सबैलाई चकित बनाएको छ।

ट्याब्लेट ब्रान्डको युरोप र बेलायती वेबसाइटहरूमा घोषणा गरिएको छ। साथै हाल यो रेडमी प्याड प्रो उक्त वेबसाइटहरूमा बुक गर्न र खरिद गर्न उपलब्ध गराइएको उल्लेख छ।

रेडमी प्याड प्रोको स्पेसिफिकेशन्सः

रेडमी प्याड प्रो मा २४९पीपीआई पिक्सेल डेन्सिटीको साथ २५६०x१६०० पिक्सेलको रिजोल्युसन प्रदान गर्ने ठूलो १२.१ इन्चको एलसीडी डिस्प्ले समावेश गरिएको छ। डिस्प्लेको स्क्रिन–टु–बडी रेसियो ८३.६ प्रतिशत रहेको छ भने १२० हर्ज एडप्टिभ रिफ्रेस रेटसँग आउँछ। त्यसैगरी प्यानलले १५००ः१ को कन्ट्रास्ट रेसियो प्रदान गर्ने जनाइएको छ भने ६०० निट्सको पिक ब्राइटनेसको साथ लगभग ६८.७ बिलियन रंगहरू प्रदान गर्नेछ।

यसबाहेक, यसले ४०९६ ब्राइटनेस लेभल, डीसी डिमिङ र डल्बी भिजनको लागि समर्थन पनि प्रदान गर्ने थप उल्लेख छ। साथै डिस्प्ले कोर्निङ गोरिल्ला ग्लास ३ द्वारा सुरक्षित गरिएको छ।

ट्याब्लेटमा २.४ गिगाहर्जको पीक क्लक स्पीडको साथ स्न्यापड्रागन ७एस जेन २ प्रोसेसर समावेश गरिएको छ।

यस ट्याबलेटमा एलपीडीडीआर४एक्स र्याम र ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस २५६ जीबी गरी दुई ओटा कन्फिगरेसनमा यूएफएस २.२ स्टोरेज रहेको जनाइएको छ। त्यसैगरी माइक्रोएसडी कार्डमार्फत भण्डारण विस्तार गर्ने विकल्प पनि उपलब्ध रहेको उल्लेख छ।

ट्याब्लेटको प्रमुख आकर्षणहरू भनेको यसमा ठूलो १०,००० एमएएच ब्याट्री रहेको र जसले ३३ डब्ल्यू फास्ट चार्जिङ सपोर्ट गर्ने जनाइएको छ।

अडियोको लागि, यस ट्याब्लेटमा डल्बी एटमस र डुअल माइक्रोफोनको साथ क्वाड–स्पीकर रहेका छन्। सफ्टवेयरतर्फ भने, यसले एन्ड्रोइड–१४–आधारित हाइपरओएस अपरेटिङ सिस्टम प्रयोग गर्ने थप उल्लेख गरिएको छ।

ट्याब्लेटको अगाडि र पछाडि दुवै भागामा समान ८ मेगापिक्सेलको क्यामेरा सेन्सर रहेका छन्। साथै कनेक्टिभिटीको लागि ट्याब्लेटले वाई–फाई ६, ब्लुटुथ ५.२ प्रदान गर्दछ।

यद्यपि सूचीहरूले सेलुलर कनेक्टिभिटीको बारेमा केहि पनि उल्लेख गरेको छैन्। ट्याब्लेटमा ५७१ ग्राम तौलको मेटल युनिबडी फिनिश रहेको छ।

यसको मूल्य युरोपमा २९९.९० यूरोदेखि शुरु हुन्छ भने बेलायतमा २६९.०० पाउन्ड स्टर्लिंग रहेको छ।

Sajilo Visa

प्रकाशित: ११ जेष्ठ २०८१, शुक्रबार