अनलाइन प्रणालीबाट नवलपरासीमा नागरिकता सिफारिस सुरु

Technology Khabar १० जेष्ठ २०८१, बिहीबार

अनलाइन प्रणालीबाट नवलपरासीमा नागरिकता सिफारिस सुरु

काठमाडौं ।

पश्चिम नवलपरासीमा स्थानीय तहमा वडा मार्फत अनलाइन प्रणालीबाट नागरिकता सिफारिस गर्ने व्यवस्था सुरु गरिएको छ।

वडाका जनप्रतिनिधि र कर्मचारीलाई गृह मन्त्रालयको टोलीले तालिम दिएपछि केन्द्रिय नागरिकता सूचना व्यवस्थापन प्रणाली (सिसिआईएमएस) मार्फत नागरिकता सिफारिस गर्ने व्यवस्था स्थानीय तहका केही वडाबाट सुरु गरिएको हो। जिल्लाको बर्दघाट र सुनवल नगरपालिकाका वडाहरूबाट अनलाइन प्रणाली बाट सिफारिस दिने काम सुरु भएको छ।

फारम भर्दा निवेदकका आवश्यक कागजात स्क्यान गरि अनलाइनमा प्रविष्ट गरिनुका साथै सबै विवरणहरू खुलाएर भरिन्छ। जनप्रतिनिधिले तोक आदेश गरेका फारम मात्रै जिल्ला प्रशासनमा पठाउने हुँदा विवरणमा कैफियत नहुने बताइएको छ।

स्थानीय तहको वडा कार्यालयबाटै अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस गर्ने व्यवस्थाले सिफारिस प्रक्रियामा झुठा र दोहोरो सिफारिस जस्ता गैरकानूनी कार्य नियन्त्रण हुने, प्रशासन कार्यालयहरू, स्थानीय तह र वडा कार्यालय तथा सेवाग्राहीको समयको बचत हुनुका साथै, केन्द्रिय अभिलेख व्यवस्थापनमा पनि सहयोगी हुने जनाइएको छ।

कागजात नपुगे पनि सेवाग्राहीले तत्काल जानकारी पाउन समेत यो प्रणालीले सहज हुने बताईएको छ।

 

यसअघि वडा बाट नागरिकताका लागी सिफारिस मात्रै हुने गरेकोमा अब केन्द्रिय नागरिकता सूचना व्यवस्थापन प्रणालीमै वडाबाटै सबै कागजात अनलाइनमा प्रविष्ट गरी त्यसको जनप्रतिनिधिले पुष्टि गरेको विवरण मात्रै प्रशासन कार्यालयमा पठाउने भएकाले प्रशासन कार्यालयले तत्कालै नागरिकता जारी गर्न सक्ने छ।

easy care

प्रकाशित: १० जेष्ठ २०८१, बिहीबार