सामसङको ग्यालेक्सी बुक ४ एज सिरिजका ल्यापटप अनावरण

Technology Khabar ९ जेष्ठ २०८१, बुधबार

सामसङको ग्यालेक्सी बुक ४ एज सिरिजका ल्यापटप अनावरण

काठमाडौं ।

सामसङले विन्डोज अन आर्म ल्यापटप तर्फ क्वालकमको स्न्यापड्रागन एक्स एलिट प्रोसेसर्स फिचर गरिएको ग्यालेक्सी बुक४ एज सिरिजको नयाँ लाइन अनावरण गरेको छ। ग्यालेक्सी बुक४ एज सिरिज १४ इन्च र १६ इन्च मोडलहरूमा उपलब्ध हुनेछ।

साथै ग्यालेक्सी बुक४ एज को १४ इन्चको संस्करण निकै पोर्टेबल हुनुका साथै यसको तौल मात्र १.१६ किलोग्राम र १०.९एमएम (०.४३ इन्च) पातलो भएको जनाइएको छ। त्यसैगरी १६ इन्च मोडल र १४ इन्चको संस्करण भन्दा थोरै मोटो र अलि भारी रहेको उल्लेख छ। यस १६ इन्च मोडलको थिकनेस २.३ एमएम (०.४८ इन्च) र तौल १.५५ किलोग्राम रहेको जनाइएको छ।

दुवै मोडलका डिस्प्ले टचयुक्त

त्यसैगरी ल्यापटपका यी दुबै मोडलमा स्मुथ १२० हर्ज रिफ्रेस रेट फिचर गरिएको ३के (२८८०x१८००) रिजोल्युसनको एएमओएलईडी डिस्प्ले रहेको र जसले स्टनिङ भिजुअल्स प्रदर्शन गर्ने जनाइएको छ। यी डिस्प्लेहरूले एसडीआर कन्टेन्टको लागि ४०० निट्स र एचडीआर कन्टेन्टको लागि ५०० निट्सका साथ असाधारण ब्राइटनेस प्रदान गर्ने दाबी गरिएको छ।

यसबाहेक, तिनीहरूले टियर–फ्री भिजुअलहरूको लागि भीआरआर (भेरिएबल रिफ्रेस रेट) टेक्नोलोजीलाई समर्थन गर्ने, वाइड १२० प्रतिशत डीसीआई–पी३ कलर गामटको वोस्ट गर्ने र १० पोइन्ट मल्टि–टच क्यापेबिलिटीको साथ टच–एनेबल्ड सक्षम रहेको थप उल्लेख छ।

हुड अन्तर्गत, ग्यालेक्सी बुक४ एज सिरिजमा मल्टिटास्किङ सहजताका लागि भनेर १६ जीबी र्यामले सुसज्जित गरिएको छ। त्यसैगरी १४ इन्च मोडलको लागि ब्याट्री लाइफ ५५.९डब्ल्यूएच र १६ इन्च मोडलको लागि ब्याट्री लाइफ ६१.८ डब्ल्यूएचमा मूल्याङ्कन गरिएको छ।

दुबै मोडलहरूले दुई ओटा यूएसबी ४ पोर्टहरू, एचडीएमआई २.१ पोर्ट र ३.५ एमएम हेडफोन ज्याकसहित पोर्टहरूको लागि बहुमुखी चयन प्रस्ताव गर्ने जनाइएको छ। साथै १६ इन्च संस्करणले यूएसबी ३.२ टाइप–ए पोर्ट र एक माइक्रोएसडी कार्ड रिडरको साथ थप फङ्गसनेलिटी समावेश गरेको उल्लेख छ।

सामसङ ग्यालेक्सी बुक ४ एज अब फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, स्पेन, बेलायत र संयुक्त राज्य अमेरिका लगायतका छनोट गरिएका बजारहरूमा जुन १८ तारिखदेखि सेल्फमा आउने गीज्मोचाइनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ९ जेष्ठ २०८१, बुधबार