मोटोरोला रेजर ५०, रेजर ५० अल्ट्राको आधिकारिक रेन्डर र स्पेक्स लीक

Technology Khabar ९ जेष्ठ २०८१, बुधबार

मोटोरोला रेजर ५०, रेजर ५० अल्ट्राको आधिकारिक रेन्डर र स्पेक्स लीक

काठमाडौं ।

मोटोरोलाको नेक्स्ट–जेन फ्लिप फोनहरू भर्खरै अर्को एउटा नयाँ लीकमा देखा परेका छन्। रेजर ५० र रेजर ५० अल्ट्राको आधिकारिक रेन्डरहरूका साथै मुख्य स्पेसिफिकेशन लीक भएको छ।

यस रेन्डर्सले आगामी डिभाइसको सटीक विवरण प्रदान गरेको उल्लेख गरिएको छ।

मोटोरोला रेजर ५० र रेजर ५० अल्ट्राको रेन्डर्स

गत हप्ता भएको लीकमा रेजर ५० सिरिजको रेन्डर्स र स्पेक्सको बारेमा चर्चा गरिएको उल्लेख छ। साथै अब, इभान ब्लासले साझा गरेको थप आधिकारिक रेन्डरहरूले यी दुई डिभाइसहरूको डिजाइन र तिनीहरूको रङ विकल्पहरूको बारेमा थप विवरण प्रदान गरेका छन्।

डिजाइनको मामलामा आधार मोडल प्रमुख अपग्रेडको साथ आएको जनाइएको छ। रेजर ४० को १.५ इन्चको एक्सटर्नल (बाह्य) प्यानलको तुलनामा रेजर ५० ले ३.६३ इन्चको धेरै ठूलो पीओएलईडी कभर डिस्प्ले ल्याउने छ। त्यसका साथै पछाडिको प्यानललाई थप प्रिमियम लुकको लागि लेदर फिनिश राखिएको छ।

रेजर ५० अल्ट्राले पनि ठूलो ४ इन्चको कभर स्क्रिनको साथ यस्तै डिजाइन अपडेट प्राप्त गरेको उल्लेख छ।

त्यसैगरि, दुबै डिभाइसहरूको प्राथमिक स्क्रिन १.५के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट (रेजर ५० अल्ट्रामा १६५हर्ज) भएको ६.९ इन्चको पीओएलईडी प्यानल हुने जनाइएको छ।

डिभाइस अन्तर्गत, भेनिला भेरियन्ट डाइमेन्सिटी ७३००एक्स एसओसीसँग सुसज्जित छ भने अल्ट्रा मोडलले स्न्यापड्रगन ८ एस जेन ३ एसओसी प्रदान गर्नेछ। साथै यी दुई डिभाइसहरु एन्ड्रोइड १४ ओएसमा चल्ने उल्लेख छ।

यसबाहेक, एन्ट्री–लेभल फ्लिप फोनहरु ८ जीबी र्याम, २५६ जीबी इन्टर्नल स्टोरेज र ४,२००एमएएच ब्याट्री प्याकको साथ आउने सम्भावना पनि रहेको छ।

अर्कोतर्फ, रेजर ५० अल्ट्रामा भने १२जीबी र्याम, २५६जीबी इन्टर्नल स्टोरेज (आन्तरिक भण्डारण), ४,०००एमएएच ब्याट्री प्याक हुनसक्ने छ। अप्टिक्सको सन्दर्भममा, अल्ट्राले पछाडि दुई ओटा ५० मेगापिक्सेल सेन्सर र ३२ मेगापिक्सेल सेल्फी शूटर फिचर गरिने उल्लेख छ।

साथै यसको बेस भर्सनमा पछाडि ५० मेगापिक्सेलको प्राथमिक र १३ मेगापिक्सेलको सेकेन्डरी लेन्स प्रदान गर्नेछ भने अगाडि १३ मेगापिक्सेलको सेल्फी क्यामरा रहने गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ९ जेष्ठ २०८१, बुधबार

ताजा समाचार