कति छ सञ्चार मन्त्री रेखा शर्माको सम्पत्ति ?

Technology Khabar ८ जेष्ठ २०८१, मंगलवार

कति छ सञ्चार मन्त्री रेखा शर्माको सम्पत्ति ?

काठमाडौं ।

सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। यहि जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

त्यसअनुसार मंगलबार सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको बिबरणअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग काठमाडौं कीर्तिपुरमा ६ आनामा बनेको अढाई तल्ले घर, एउटा गाडीलगायतका सम्पत्ति रहेको छ।

उनले खुलाएको सम्पत्ती बिबरणमा कीर्तिपुरमा ६ आनामा बनेको घर आफ्नो तलब, ऋण र पैतृक आयले बनाएको उल्लेख गरेकी छन्।

यसैगरी उनीसँग २०७७ सालमा ३६ लाख रुपैयाँमा किनेको हुन्डाईको एउटा गाडी समेत छ, जसको खरिदका लागि उनले राष्ट्रिय बाणिज्य बैंकबाट ऋण समेत लिएको उल्लेख गरेकी छन्।

यस्तै उनले सोही बैंकबाट ६५ लाख रुपैयाँ ऋण समेत लिएको जानकारी गराएकी छन्। तर उक्त ऋण कहिले लिएको र तिरे नतिरेको बारेमा भने केहि उल्लेख छैन्।

यस्तै उनीसँग प्यूठानमा केहि जग्गाका साथै पति कृष्णध्वज खड्का र छोरीहरुको नाममा करिब १५०० कित्ता विभिन्न कम्पनीको शेयर रहेको बिबरणमा छ।

सञ्चार मन्त्री शर्मासँग क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख एभरेष्ट बैंकमा २८ हजार राबा बैंकमा १ लाख ५० हजार गरी कुल २१ लाख ७८ हजार रुपैयाँ नगद रहेको छ।

मन्त्री शर्मासँग पैतृक सम्पत्तिबाट पाएको सुन ६ तोला र चाँदी २ तोला रहेको उल्लेख छ।

easy care

प्रकाशित: ८ जेष्ठ २०८१, मंगलवार