एन्ड्रोइड १५ ले फास्टर डोज मोडको साथ ब्याट्रीको स्ट्यान्डबाइ टाइम सुधार गर्ने

Technology Khabar ८ जेष्ठ २०८१, मंगलवार

एन्ड्रोइड १५ ले फास्टर डोज मोडको साथ ब्याट्रीको स्ट्यान्डबाइ टाइम सुधार गर्ने

काठमाडौं ।

भर्खरैको गुगल आई/ओ डेभलपर कन्फरेन्स (विकासकर्ता सम्मेलन) मा गुगलले एन्ड्रोइड १५ मा आउने धेरै नयाँ फिचर्सको खुलासा गरेको छ। एन्ड्रोइड १५ मा आउने उक्त नयाँ फिचर्समा प्रयोगकर्ताको गोपनीयता र सुरक्षामा केन्द्रित सुधारहरूका साथै ब्याट्री लाइफ एनहान्स (बढाउने) फिचर पनि समावेश रहेको जनाइएको छ।

एन्ड्रोइड १५ ले डोज मोडमा एक अप्टिमाइजेसन प्रस्तुत गरेको छ। साथै अपरेटिङ सिस्टममा पहिले नै अवस्थित यो फिचरले फोन इनएक्टिभ (निष्क्रिय) हुँदा ब्याट्री बचत गर्न मद्दत गर्नेछ।

यो अप्टिमाइजेसन डोज मोडमा प्रवेश गर्ने प्रक्रियाको गति बढाउनमा केन्द्रित हुने जनाइएको छ। गुगलका अनुसार एन्ड्रोइड १५ चल्ने डिभाइस्हरूले एन्ड्रोइड १४ को तुलनामा ५० प्रतिशत छिटो डोज मोड प्राप्त गर्नेछन्।

डोज मोडले फोन विस्तारित अवधिको लागि प्रयोग नगरिएको अवस्थामा ब्याकग्राउण्ड एक्टिभिटी (पृष्ठभूमि गतिविधि) र सिस्टम रिसोर्सेस (प्रणाली स्रोतहरू) मा एपको पहुँच प्रतिबन्ध गरेर काम गर्दछ। साथै यसले विशेष गरी अनावश्यक ब्याकग्राउण्ड प्रोसेस (पृष्ठभूमि प्रक्रिया) हरू चलाउन सक्ने एपहरूका लागि कम ब्याट्री खपत गर्ने उल्लेख छ।

गुगलको आन्तरिक परीक्षणले यो फास्टर डोज मोड एक्टिभेसनले केहि डिभाइसहरूमा तीन घण्टासम्मको थप स्ट्यान्डबाइ समयको लिड गर्न सक्छ भन्ने सुझाव दिएको छ। साथै सटिक सुधार फोनको हार्डवेयर र प्रयोग ढाँचाहरूमा निर्भर हुन सक्ने बताईएको छ।

एन्ड्रोइड १५ अपडेट प्राप्त गर्ने सबै डिभाइसहरूमा यो परिवर्तन लागू हुनेछ। त्यसैले अब बोर्डमा सामान्य ब्याट्री जीवन सुधारको आशा गर्न सकिने छ।

यसबाहेक, यो फिचर एन्ड्रोइड १५ मा आधारित स्मार्टवाच अपरेटिङ सिस्टमको अर्को पुनरावृत्ति, वेयर ओएस ६ मा पनि लगिने अपेक्षा गरिएको छ। यद्यपि वेयर ओएस ६ को रिलीज मिति अझै सम्म पनि अपुष्ट रहेको छ।

easy care

प्रकाशित: ८ जेष्ठ २०८१, मंगलवार