मेइजु २१ नोट एसडी ८ जेन २ र फ्लाईम एआईओएसका साथ घोषणा

Technology Khabar ४ जेष्ठ २०८१, शुक्रबार

मेइजु २१ नोट एसडी ८ जेन २ र फ्लाईम एआईओएसका साथ घोषणा

काठमाडौं ।

यस वर्षको सुरुवातमा मेइजुले स्मार्टफोन बजारबाट बाहिरिएर एआईमा जाने पुष्टि गरेको थियो। यद्यपि कम्पनीले अब आफ्नो मेइजु २१ सिरिज फोनहरूबाट नवीनतम मेइजु २१ नोट लन्च गरेकेको छ।

मेइजु २१ नोटमा एफएचडी प्लस रिजोल्युसन, १४४ हर्ज रिफ्रेस रेट र ५,००० निट्स पीक ब्राइटनेस भएको ६.७८ इन्च ८टी एलटीपीओ ओएलईडी समावेश रहेको छ। साथै यसमा १६ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा र डिस्प्लेमा अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानर पनि एम्बेडेड गरिएको छ।

मेइजु २१ नोटको पछाडिको भागमा १/१.५६“ सेन्सर, एफ/१.७ एपर्चर र ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य क्यामराको साथमा १३ मेगापिक्सेलको अल्ट्रावाइड मोड्युल समावेश गरिएको छ।

मेइजु २१ नोटले फ्लाईम एआईओएस बुट गर्दछ जसले जेनेरेटिभ एआई क्षमताहरूका साथै कल स्क्रिनिङ, रियल–टाइम ट्रान्सलेसन र अपोइन्टमेन्ट बुकिङहरू पनि साथमा ल्याएको छ। मेइजुको एआईले सर्कल टु सर्च, डकुमेन्टस समरिज (कागजात सारांशहरू) र टेक्स्टमा भ्वाइस नोटहरू ट्रान्सक्राइब गर्ने फिचर पनि ल्याएको छ।

यसबाहेक फोनले फ्लाईम लिङ्कलाई पनि समर्थन गर्ने र जुन पोलस्टार, जीकर र लिंक एन्ड को. जस्ता गीली फ्लीटका कारहरुसँग सिमलेस तवरले पेयर हुने जनाइएको छ।

मेइजु २१ नोटमा ५,५०० एमएएच ब्याट्री प्याक गरिएको छ भने यसले ६५ वाटको वायर्ड चार्जिङ समर्थन गर्ने जनाइएको छ। साथै यसलाई पानी र धुलो प्रतिरोधको लागि आईपी६५ रेटिङ पनि गरिएको छ।

मेइजु २१ नोट कालो र सेतो रङ्गमा उपलब्ध हुने छ। यसको १६/२५६ जीबी भर्सन २,५९९ चिनियाँ युआन (३६० अमेरिकी डलर) मा खुद्रा बिक्री गरिने छ भने ५१२ जीबी भण्डारणसहितको भर्सनको मूल्य २,७९९ चिनियाँ युआन (३८८ अमेरिकी डलर) रहेको उल्लेख छ।

चीनमा खुल्ला बिक्री मे २० तारिखदेखि सुरु हुने तालिका रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार

ताजा समाचार