गुगलले प्राइभेट स्पेस र बेटर लार्ज–स्क्रिन मल्टिटास्किङको साथ जारी गर्यो एन्ड्रोइड १५ बिटा २

Technology Khabar ४ जेष्ठ २०८१, शुक्रबार

गुगलले प्राइभेट स्पेस र बेटर लार्ज–स्क्रिन मल्टिटास्किङको साथ जारी गर्यो एन्ड्रोइड १५ बिटा २

काठमाडौं ।

गुगलले हालै एन्ड्रोइड १५ को दोस्रो बिटा बाहिर ल्याएको छ। पिक्सेलका लागि यसको रिलीजसँगै, एन्ड्रोइड १५ बिटा अब अनर, आईक्यूओओ, लेनोभो, नथिंग, वानप्लस, ओप्पो, रियलमी, शार्प, टेक्नो, भिभो र शाओमी लगायतका साझेदारहरूका “ह्यान्डसेट, ट्याब्लेट र फोल्डेबल फर्म फ्याक्टर्स” मा पुग्ने भएको छ।

गुगलको रिलीज टाइमलाइनअनुसार, अझै अर्को एउटा बीटा आगामी जुन महिनामा आउने र अन्तिम बीटा भने जुलाई महिनामा आउने छ। त्यसपछि फाइल, पब्लिक रिलीजको लागि समय हुने थप उल्लेख गरिएको छ।

पहिले जस्तै, समर्थित पिक्सेलमा एन्ड्रोइड १५ बिटा इन्स्टल गर्नका लागि गुगलको वेबसाइट (गुगल डट कम/एन्ड्रोइड/बिटा) मा गएर इनरोल (दर्ता) गर्नुपर्ने छ। त्यसपछि ओभर–द–एयर सफ्टवेयर अपडेटको रूपमा दोस्रो बिटा प्राप्त गर्न सकिने छ।

यस बिटाको नयाँ ‘प्राइभेट स्पेस’ले छुट्टै ठाउँ (सेपरेट स्पेस) सिर्जना गर्न दिने र संवेदनशील एप्सहरूलाई जिज्ञासु नजरबाट टाढा राख्न सकिने जनाइएको छ। यो वर्षौंदेखि मल्टिपल एन्ड्रोइड स्किनहरूमा उपलब्ध हुँदै आएको छ।

‘प्राइभेट स्पेस’ ले छुट्टै प्रयोगकर्ता प्रोफाइल प्रयोग गर्ने भएकाले यो लक भएको अवस्थामा प्रोफाइल पज (रोकिने) हुनेछ भने यसमा भएका एपहरू पनि सक्रिय हुने छैनन्।

प्राइभेट स्पेसमा डिभाइस लक वा सेपरेट लक फ्याक्टर प्रयोग गर्नका लागि चयन (छनौट) गर्न सकिनेछ भने यसको एप्स लन्चरमा छुट्टै कन्टेनरमा देखिने छ। त्यसैगरी प्राइभेट स्पेस लक भएको बेला तिनीहरू रिसेन्ट भ्यू, नोटिफिकेसन्स, सेटिङ्गङ्ग र अन्य एप्सहरूबाट पनि हिडन हुने उल्लेख गरिएको छ।

प्रयोगकर्ताले उत्पन्न र डाउनलोड गरेको मिडिया, फाइलहरू र खाताहरू प्राइभेट स्पेस र मुख्य स्पेस बीच छुट्याइएको थप उल्लेख छ। साथै स्पेसहरूमा कन्टेन्टलाई एप्स एक्सेस दिनको लागि सिस्टम सेयर सिट र फोटो पिकर प्रयोग गर्न सकिने तर त्यसको लागि ‘प्राइभेट स्पेस’ अनलक्ड हुनुपर्ने छ।

एप्स सक्रिय, अग्रभूमि स्थितिमा ६ घण्टा भन्दा बढी समयको लागि रन नहुने भएकाले यसले व्यर्थको ब्याट्री ड्रेनिङलाई रोक्नका लागि मद्दत पुर्याउने उल्लेख गरिएको छ। त्यसैगरी एभी१ को लागि थप इफिसियन्ट सफ्टवेयर डिकोडर पनि रहेको र यसलाई हार्डवेयर डिकोडिङ समर्थित नभएको बेला प्रयोग गर्न सकिने भनिएको छ।

मिडिया अनुमतिहरूमा आंशिक पहुँच प्राप्त गरेपछि एप्सहरूले भर्खरै चयन गरिएका तस्बिरहरू र भिडियोहरूलाई हाइलाइट गर्न सक्ने उल्लेख गरिएको छ। साथै यसले तस्बिर र भिडियोहरूमा बारम्बार एक्सेसका लागि अनुरोध गर्ने एप्सहरूसँगको अनुभवलाई थप सुधार गर्न मद्दत गर्नेछ।

लार्ज (ठूला) स्क्रिनहरूमा मल्टिटास्किङलाई द्रुत रूपमा एपहरू बीच स्विच गर्न स्क्रिनमा टास्कबार पिन गर्न अनुमति दिएर सुधार गरिएको छ। क्विक एक्सेस (द्रुत पहुँच) को लागि आफ्नो मनपर्ने स्प्लिट–स्क्रिन एप कम्बिनेसनहरू पनि सेभ गर्न सकिने जनाइएको छ। साथै नयाँ परिवर्तनहरूले पिक्चर–इन– पिक्चर मोडमा पनि सहज ट्रान्जिसन्स सुनिश्चित गर्नेछ।

Sajilo Visa

प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार

ताजा समाचार