Technology Khabar १ जेष्ठ २०८१, मंगलवार
काठमाडौं ।
सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई गाभ्ने गाभिने कार्यका लागि प्रोत्साहन गर्ने भएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो नीति घोषणा गरे।
उनले टेलिभिजन, एफएम तथा इन्टरनेट सेवा प्रदायकहरुलाई एक आपसमा गाभ्ने गाभिने र हक हस्तान्तरण गर्न तथा स्थानान्तरण हुन सरकारले प्रोत्साहन गर्ने बताए।
यसका साथै सरकारले मिडिया साक्षरता संचालन गर्ने नीति समेत लिने भएको छ।
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार