सरकारले नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड तयार पार्ने

Technology Khabar १ जेष्ठ २०८१, मंगलवार

सरकारले नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड तयार पार्ने

काठमाडौं ।

सरकारले तीनै तहबाट उत्पन्न हुने डाटालाई एकै प्रणालीमा राख्ने भएको छ भने नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड बनाउने भएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड ल्याउने नीति घोषणा गरेका हुन्।

सार्वजनिकरुपमा हुने अध्ययन/अनुसन्धानको तथ्यांकको भन्डारण तथा नवप्रवर्तनको परीक्षण र स्वीकार्यताको मापदण्ड तयार गरिने भएको छ।

तीनै तहबाट उत्पादित तथ्यांक तथा सूचना राष्ट्रिय तथ्यगत विबरण प्रणालीमा राखिने भएको छ र आवश्यक तथ्यांक सार्वजनिकरुपमा उपलब्ध गराईने नीति लिएको छ।

राष्ट्रपति पौडेलले सार्वजनिक निकायमा रहेका विद्युतीय अभिलेख प्रणालीलाई अन्तरआबद्धता गरिने घोषणा गरे।

easy care

प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार