नोकियाको क्लासिक ३२१० फिचर फोन चीनमा आउट अफ स्टक

Technology Khabar १ जेष्ठ २०८१, मंगलवार

नोकियाको क्लासिक ३२१० फिचर फोन चीनमा आउट अफ स्टक

काठमाडौं ।

नोकियाले आफ्नो २५ औं वार्षिकोत्सव मनाउन गत हप्ता आफ्नो क्लासिक ३२१० फोनलाई रिबुट गर्दै आधुनिक अपडेटहरूका साथ लन्च गरेको थियो। विश्वव्यापी रुपमा पुनरागमन गरेको नोकिया ३२१० (२०२४) फोरजी फिचर फोन चीनमा ठूलो सफलताका साथ देखिएको छ।

नोकियाको आधिकारिक वेइबो ह्यान्डलकाअनुसार मे महिनाको ८ तारिखमा ३४९ युआनको मूल्यमा कालो, निलो र सुनौलो गरी तीन ओटा रङमा बिक्रीको लागि उपलब्ध भएको यो फिचर फोन केवल दुई दिनभित्रमा नै पूर्ण रूपमा बिक्री भएको छ।

माग पूरा गर्नका लागि भनेर आफ्नो फ्याक्ट्री पूर्ण क्षमतामा चलिरहेको र स्थानीय समय अनुसार बेलुका ८ बजेदेखि मे महिनाको ३१ तारिखमा फोन पुनः स्टकमा हुनेमा कम्पनीले आफ्ना प्रशंसकहरूलाई आश्वस्त पारेको छ।

नोकिया ३२१० फोरजीले आफ्नो पूर्ववर्तीको आइकोनिक (प्रतिष्ठित) डिजाइन कायम राखेको र केही आधुनिक अपग्रेडहरू प्याक गरिएको जनाइएको छ।

साथै, यस फिचर फोनमा फोरजी कनेक्टिभिटी, २ मेगापिक्सेलको क्यामरा (पछाडि), यूएसबी टाइप–सी पोर्ट र चाइना–स्पेसिफिक फिचर तर्फ अलिपे मोबाइल पेमेन्टको लागि समर्थन समावेश छ।

त्यसैगरी ३२१० हात पार्न नसकेकाहरूका लागि नोकियाले हालै सार्वजनिक गरेको नोकिया २२० फोरजी सिफारिस गरेको उल्लेख छ।

यो फोनको मूल्य २९९ युआन भएको र नोकिया ३२१० भन्दा अझ कम मूल्यमा आउने जनाइएको छ। साथै यस फोनमा २.८ को इन्चको ठूलो स्क्रिनको साथै बलियो, वर्गाकार डिजाइन फिचर गरिएको छ।

भरपर्दो ब्याकअप फोनको भएकाले यस २२० फोरजीले लामो समयसम्म टिक्ने १४५० एमएएच ब्याट्री र सुविधाजनक टाइप–सी चार्जिङ पोर्ट प्रदान गर्नेछ। यस फोनले प्रयोगकर्ता–मैत्री ठूला फन्ट बटनहरू र क्यूआर कोड भुक्तानीहरूको लागि समर्थन पनि समावेश गरेको थप उल्लेख छ।

यसबाहेक, २२० फोरजीले डुअल सिम समर्थन गर्दछ भने भोल्टे हाई–डेफिनिसन भ्वाइस कलहरूको लागि पनि समर्थन रहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया