नोकिया ३२१० (२०२४) फोरजी फिचर फोन लन्च एमपी३ प्लेयर र क्लाउड एप सपोर्ट उपलब्ध

Technology Khabar २७ बैशाख २०८१, बिहीबार

नोकिया ३२१० (२०२४) फोरजी फिचर फोन लन्च एमपी३ प्लेयर र क्लाउड एप सपोर्ट उपलब्ध

काठमाडौं ।

एचएमडी ग्लोबलले नोकिया ३२१० (२०२४) लन्च गरेको छ। २५ वर्षअघिको क्लासिक मोडललाई रिबुट गर्दै यस नोकिया ३२१० (२०२४) मा अहिले आधुनिक अपडेटहरू समावेश गरिएको छ।

एचएमडी ग्लोबलले ५९ यूरो देखि ७९ यूरो बीचको मूल्य रहेको नोकिया २१५, २२५ र २३५ गरी तीन अन्य नोकिया फिचर फोनहरू प्रस्तुत गरेपछि नोकिया ३२१० (२०२४) अनावरण गरिएको हो।

नोकिया ३२१० (२०२४) ले यी मोडलहरूसँग धेरै स्पेसिफिकेसनहरू सेयर (साझा) गरे तापनि यसको आफ्नो नोस्टाल्जिक डिजाइन र ग्रन्ज ब्ल्याक, वाई२के गोल्ड र सुब्बा ब्लू जस्ता अद्वितीय रङ विकल्पहरूका साथ फरक देखिने उल्लेख गरिएको छ।

नोकिया ३२१० (२०२४) को स्पेसिफिकेशन्सः

नयाँ नोकिया ३२१० (२०२४) २.४ इन्चको टीएफटी एलसीडी डिस्प्ले र क्यूभीजीए रिजोल्युसनले सुसज्जित रहेको छ। यसमा एलईडी फ्ल्यास सहितको २ मेगापिक्सेलको मुख्य क्यामरा पनि रहेको छ। त्यसैगरी एस३०+ प्रणालीमा सञ्चालन हुने यो फोन युनिसोक टी१०७ चिपसेटद्वारा पावर्ड (संचालित) हुनुका साथै ६४एमबी र्याम र १२८एमबी स्टोरेज पनि समावेश गरएिको जनाइएको छ। फोनको स्टोरेजलाई माइक्रोएसडी कार्ड मार्फत ३२जीबी सम्म विस्तार गर्न सकिने उल्लेख छ।

कनेक्टिभिटीतर्फ नोकिया ३२१० (२०२४) ले ब्लुटुथ ५.० समर्थन गर्दछ र चार्ज गर्नको लागि भने ३.५मिमी हेडफोन ज्याक र यूएसबी–सी समावेश गरिएको छ। यस फोरजी फिचर फोनमा १,४५० एमएएच रिमुभेवल ब्याट्री रहेको र ९.८ घन्टासम्मको टक टाइम प्रदान गर्न सक्नेछ।

थप सुविधाहरूमा एफएम रेडियो, एमपी३ प्लेयर र क्लासिक स्नेक गेमका साथै युट्युब शर्ट्स, समाचार र मौसम अपडेटहरू जस्ता क्लाउड एपहरूको लागि पहुँच समावेश गरिएको उल्लेख छ।

नोकिया ३२१० (२०२४) को मूल्य निर्धारण र उपलब्धताः

नोकिया ३२१० (२०२४) को मूल्य ८९ युरो भएको र यो फिचर फोन हाल जर्मनी, स्पेन र बेलायतमा उपलब्ध छ। साथै ईयू, अफ्रिका, भारत, मध्य पूर्व र एसिया–प्यासिफिक देशहरू लगायत अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने योजना रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया