ट्याबलेट बजारमा चार त्रैमासिक पछि सुधारको संकेत, सन् २०२४ को पहिलो त्रैमासमा झिनो वृद्धि

Technology Khabar २६ बैशाख २०८१, बुधबार

ट्याबलेट बजारमा चार त्रैमासिक पछि सुधारको संकेत, सन् २०२४ को पहिलो त्रैमासमा झिनो वृद्धि

काठमाडौं ।

क्यानालिस ट्याबलेट मार्केट रिसर्च (बजार अनुसन्धान)काअनुसार, सन् २०२४ को पहिलो त्रैमासिकमा ट्याबलेट बजारमा १ प्रतिशतको मामूली वृद्धि भएको देखाएको छ।

ट्याबलेट बजारमा वार्षिक दरमा लगातार चार चौमासिकको गिरावट पछि सन् २०२४ को पहिलो त्रैमासमा आएको यो सकारात्मक चालले यस वर्षको भविष्यको प्रवृत्तिलाई संकेत गरेको रिपोर्टमा जनाइएको छ।

विश्वव्यापी अर्थतन्त्रको स्थिरता र ग्राहकले गर्ने खर्चमा सुधार यसको मुख्य ड्राइभ फोर्स भएको विश्वास गरिएको छ। यसबाहेक, एप्पलको ओएलईडी–सुसज्जित ट्याबलेट, अनट्याप्ड मार्केट्स (बजारहरू) मा फाईभजी र अन्य आविष्कारहरूका साथ नयाँ प्रविधिहरूले ट्याब्लेटको बिक्रीलाई बढावा दिने भएकाले विश्लेषकहरूले ट्याबलेटका लागि यो वर्ष राम्रो हुने आशा गरेका छन्।

साथै यी अनुमानहरू सही भएको खण्डमा, यस वर्षको अन्त्यसम्ममा ट्याबलेट बजार पूर्व–महामारी स्तरहरू माथि स्थिर हुने उल्लेख गरिएको छ।

मार्केट सेयरको सन्दर्भमा, एप्पलले अझै पनि लगभग ३६ प्रतिशत बजार साझेदारी र १२ मिलियन ढुवानी एकाइको साथ ट्याबलेट बजारको नेतृत्व गरिरहेको छ। सामसङले भने ६.८ मिलियन एकाइहरूका साथ एक प्रतिशत वृद्धि पोस्ट गरेको छ।

त्यसैगरी ह्वावे ८ प्रतिशत बजार साझेदारीको साथ ट्याब्लेटतर्फ तेस्रो स्थानमा रहेको छ भने यसले मुख्यतया आफ्नो घर र एशिया प्रशान्त क्षेत्रमा सफलता प्राप्त गरेको थप उल्लेख गरिएको छ। त्यसका साथै लेनोभो र अमेजन ट्याब्लेट बजार क्रमशः चौथो र पाँचौं स्थानमा रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: २६ बैशाख २०८१, बुधबार