टेलिकम कर्मचारीहरुको आन्दोलन आइतबारसम्मका लागि स्थगित

  • Technology Khabar | १४ बैशाख २०८१, शुक्रबार
टेलिकम कर्मचारीहरुको आन्दोलन आइतबारसम्मका लागि स्थगित

काठमाडौं ।

अनुमतिपत्रको तेस्रो नवीकरण बापतको एकमुष्ट करिब २० अर्ब रुपैयाँ तिर्ने बोर्डको निर्णयपछि आन्दोलनमा उत्रिएका नेपाल टेलिकमका कर्मचारीहरुको विभिन्न संस्थाले शुक्रबारको आन्दोलन रोकेका छन्।

बोर्डको उक्त निर्णयबाट आक्रोशित भएका टेलिकमका कर्मचारीहरुले शुक्रबार साँझ प्रबन्ध निर्देशक संगिता पहाडीको कार्यकक्ष घेराउ गरेका थिए।

यस विषयमा प्रबन्ध निर्देशकले आइतबार बिहान छलफल गर्ने प्रतिबद्धता जाहेर गरेकाले आजका लागि आन्दोलनको कार्यक्रम स्थगित गरिएको एनटीईएनका महासचिव मणिकुमार पोखरेलले टेक्नोलोजीखबरलाई जानकारी दिए।

साथै सञ्चार तथा सूचना प्रविधि सचिव तथा नेपाल टेलिकमका सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदी छलफलबाट विवाद समाधान गर्नुपर्ने पक्षमा देखिएकाले आन्दोलनको कार्यक्रम स्थगित गरिएको हो।

एनटीसीडब्लूयूका अध्यक्ष सुरेश रौनियारले पनि सञ्चार समितिले आइतबार वार्ताका लागि बोलाएकाले आन्दोलन स्थगित गरिएको बताए।

आइतबारको छलफलबाट नवीकरण शुल्कको विषयमा ठोस निर्णय नआए थप रुपमा आन्दोलन गरिने पोखरेलले जानकारी दिए।

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार