स्पेनको सरकारले टेलिफोनिकामा आफ्नो शेयर हिस्सा ५ प्रतिशत पुर्यायो

Technology Khabar ६ बैशाख २०८१, बिहीबार

स्पेनको सरकारले टेलिफोनिकामा आफ्नो शेयर हिस्सा ५ प्रतिशत पुर्यायो

काठमाडौं ।

स्पेन सरकारले मोबाइल अपरेटर टेलिफोनिकामा आफ्नो शेयर हिस्सा गत महिनाको ३ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याएको पुष्टि गरेको छ।

एक छोटो वक्तव्यमा, सरकारको अधिनमा रहेको सार्वभौम कोष सेपीले अब टेलिफोनिकाको ५.०३४ प्रतिशत स्वामित्व भएको घोषणा गरेको छ।

यसका साथै कम्पनीको १० प्रतिशतसम्म अधिग्रहण गर्न सरकारको आदेशको प्रतिक्रियामा मूल्यमा पर्ने प्रभावलाई न्यूनीकरण गर्दै र महत्वपूर्ण सहभागिता सञ्चारको पालना गर्दै शेयर खरिद जारी राख्ने बताएको छ।

Sajilo Visa

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार